दैनिक समाचारदाता
राजविराज, ११ फागुन ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा सप्तरी जिल्लामा ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी गरी कूल ७ हजार ३ सय ३५ जना सुरक्षाकर्मी परिचालन गरिने भएको हो ।
जसमध्ये नेपाली सेना बरखगणबाट ७ सयको संख्यामा परिचालन हुने राजविराज स्थित बरखगणका गणपति प्रमुख सेनानी सोवित बहादुर चन्दले जानकारी दिएका छन् ।
यस्तै नेपाल प्रहरीका १ हजार ५ सय ८८ र निर्वाचन प्रहरी ३ हजार ८ सय ३७ जना परिचालन गरिने जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए । निर्वाचन सुरक्षाकै लागि जिल्लामा सशस्त्र प्रहरी ८ सय २५ र निर्वाचन प्रहरी ३ सय ८५ जना परिचालन हुने सशस्त्र प्रहरी उपरीक्षक रोशन बुढाथोकीले जानकारी दिए ।
जिल्लामा निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी गरी कुल ७ हजार ३ सय ३५ जना सुरक्षाकर्मी सप्तरीका परिचालन हुने भएको हो ।
सप्तरीमा स्थायी २९६, अस्थायी २ गरी २९८ मतदानस्थल रहेका छ । सुरक्षा विश्लेषणको आधारमा २०९ वटालाई अति सम्वेदनशील र ८३ सम्वेदनशील सुचीमा राखिएको र मतदाताहरुले सहज, भयरहित र निष्पक्ष मतदान सम्पन्न गराउन सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक पुरीले बताए ।
सप्तरीको निर्वाचन सुरक्षामा सात हजार भन्दा बढी सुरक्षाकर्मी खटाइने
सारांश
- नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी गरी कूल ७ हजार ३ सय ३५ जना सुरक्षाकर्मी परिचालन गरिने भएको हो ।
- जसमध्ये नेपाली सेना बरखगणबाट ७ सयको संख्यामा परिचालन हुने राजविराज स्थित बरखगणका गणपति प्रमुख सेनानी सोवित बहादुर चन्दले जानकारी दिएका छन् ।
- यस्तै नेपाल प्रहरीका १ हजार ५ सय ८८ र निर्वाचन प्रहरी ३ हजार ८ सय ३७ जना परिचालन गरिने जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया