सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन २६, २०८२
|
|
२२ पटक हेरिएको
Shares
सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर

सारांश

  •     क्षेत्र नं.
  • १ मा ७६ हजार १ सय २५ मत खस्दा ४ हजार ८ सय १ तथा क्षेत्र नं.
  • २ मा ६८ हजार ५ सय ६ मत खस्दा ५ हजार ७ सय २३ मत बदर भएको छ ।

दैनिक समाचारदाता
राजविराज, २६ फागुन ।

    सप्तरीको चारै निर्वाचन क्षेत्रमा कायम रहेको कुल ४ लाख ४६ हजार ४ सय २ मतदाता मध्ये ३ लाख १० हजार ७ सय ४५ मत खसेकोमा १९ हजार ५ सय ६८ मत बदर भएका छन् । यो संख्यालाई प्रतिशतमा नियाल्दा झण्डै ६.३ प्रतिशत मत बदर भएको हो ।
    क्षेत्र नं. १ मा ७६ हजार १ सय २५ मत खस्दा ४ हजार ८ सय १ तथा क्षेत्र नं. २ मा ६८ हजार ५ सय ६ मत खस्दा ५ हजार ७ सय २३ मत बदर भएको छ ।
    यस्तै क्षेत्र नं. ३ मा ७४ हजार ७ सय ३० मत खस्दा ५ हजार ३ सय ३४ तथा क्षेत्र नं. ४ मा ७१ हजार ८ सय १६ मत खस्दा ३ हजार ८ सय १० मत बदर भएको निर्वाचन कार्यालयको तथ्याङ्कले देखाएको छ । 
    यसरी बदर भएका मतपत्रमा कतिपयमा दुई वटा चुनाव चिन्हमा छाप लगाइएको, कोठा बाहिर छाप लगाइएको तथा ल्याप्चे लगाइएको पाइएको छ । 
    निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी तुल्याएको दावी गरिरहेपनि परिणाम भने त्यस्तो देखिएन । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा देखिएको बदर मतको संख्याले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी ढंगले कार्यान्वयन हुन नसकेको पुष्टि गरेको छ ।
    सबैतिर मतदाता शिक्षा कार्यक्रम पुग्न नसक्दा बदर मतको संख्या बढेको स्थानियको भनाई छ । सरकारले बदरमत घटाउन मतदाता शिक्षाका लागि लाखौं रुपैयाँ खर्च गरेपनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा यस्तो परिणाम देखिएको भन्दै स्थानियले भावी दिनमा यसतर्फ विशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह