दैनिक समाचारदाता
राजविराज, ६ चैत ।
राष्ट्रिय मानव अधिकार आयोग र प्रहरीको संयुक्त टोलीले सप्तरीस्थित एक इटा उद्योगबाट दुई बाल श्रमिकसहित २३ जनाको उद्दार गरेको छ ।
जिल्लाको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाडास्थित बाबा धर्मराज इटा उद्योग (बिडिआर) बाट २३ जनाको उद्दार गरेको हो ।
भारतको आसाम राज्यबाट आएका कामदारहरुको श्रमशोषण भएको, बालश्रमिकलाई काममा लगाइएको, उचित ज्याला नदिएको, बास स्थानको उचित व्यवस्था नगरिएको लगायतका विषयमा उजुरी प्राप्त भएपछि राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयबाट पुगेको टोलीले जिल्ला प्रहरी कार्यालय सप्तरीको समन्वय र सहयोगमा २३ जना कामदारको बिहीबार साँझ उद्दार गरेको प्रहरीले जनाएको छ ।
उद्दार गरिएकाहरुमा १२ महिला, ७ पुरुष, २ काँखे बालक तथा २ जना क्रमशः १४ र १७ बर्षका नावालक रहेको आयोगका मधेश प्रदेश प्रमुख बुद्धनारायण सहनीले जानकारी दिए । टोलीमा आयोगका मधेश प्रदेश प्रमुख सहनीका साथै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक प्रमोद कुमार साह सहभागी थिए ।
उद्दार गरिएका सबै कामदारलाई अहिले जनकपुरमा राखिएको छ । आवश्यक कानुनी प्रक्रिया पश्चात उनीहरुलाई आफन्तको जिम्मा लगाईने आयोगले जनाएको छ । इटा उद्योगका सञ्चालक राजु साह रहेको खुलेको र उनलाई कानुनी दायरामा ल्याइने आयोगले जनाएको छ ।
दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
सारांश
- जिल्लाको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाडास्थित बाबा धर्मराज इटा उद्योग (बिडिआर) बाट २३ जनाको उद्दार गरेको हो ।
- भारतको आसाम राज्यबाट आएका कामदारहरुको श्रमशोषण भएको, बालश्रमिकलाई काममा लगाइएको, उचित ज्याला नदिएको, बास स्थानको उचित व्यवस्था नगरिएको लगायतका विषयमा उजुरी प्राप्त भएपछि राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयबाट पुगेको टोलीले जिल्ला प्रहरी कार्यालय सप्तरीको समन्वय र सहयोगमा २३ जना कामदारको बिहीबार साँझ उद्दार गरेको प्रहरीले जनाएको छ ।
- उद्दार गरिएकाहरुमा १२ महिला, ७ पुरुष, २ काँखे बालक तथा २ जना क्रमशः १४ र १७ बर्षका नावालक रहेको आयोगका मधेश प्रदेश प्रमुख बुद्धनारायण सहनीले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया