काजमा रहेका पाँच चिकित्सक गजेन्द्र  नारायण सिंह अस्पतालमा फिर्ता

राजविराज राजविराज
|
मंगलबार, चैत्र १७, २०८२
|
|
२२ पटक हेरिएको
Shares
काजमा रहेका पाँच चिकित्सक गजेन्द्र  नारायण सिंह अस्पतालमा फिर्ता

सारांश

  •     मन्त्रालयको चैत १६ गतेको बैठकले काजमा रहेका उक्त अस्पतालका पाँचसहित अन्य अस्पतालका गरि १४ जना चिकित्सकलाई दरबन्दी रहेकै अस्पताल फिर्ता पठाएको हो ।
  •       काज फिर्ता हुने चिकित्सकहरूमा अधिकृत दशौं तहका वरिष्ठ कन्सल्टेन्ट इ.
  • एन.

दैनिक समाचारदाता
राजविराज, १७ चैत । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका काजमा रहेका पाँच चिकित्सकलाई एकै पटक दरबन्दी रहेकै अस्पतालमा फिर्ता पठाएको छ । 
    मन्त्रालयको चैत १६ गतेको बैठकले काजमा रहेका उक्त अस्पतालका पाँचसहित अन्य अस्पतालका गरि १४ जना चिकित्सकलाई दरबन्दी रहेकै अस्पताल फिर्ता पठाएको हो । 
    काज फिर्ता हुने चिकित्सकहरूमा अधिकृत दशौं तहका वरिष्ठ कन्सल्टेन्ट इ.एन.टी. सर्जन डा. रोहिता बज्राचार्यलाई भरतपुर अस्पतालबाट गजेन्द्रनारायण सिंह अस्पताल, अधिकृत नवौं तहका कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा. जोसनलाला बज्राचार्यलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशबाट गजेन्द्रनारायण सिंह अस्पताल, अधिकृत नवौं तहका कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा. विशाल कुमार देवलाई कोशी अस्पताल विराटनगरबाट गजेन्द्रनारायण सिंह अस्पताल, अधिकृत नवौं तहका कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. प्रकाश ढकाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लम्बिनी प्रदेशबाट गजेन्द्र नारायण सिंह अस्पताल र अधिकृत नवौं तहका कन्सल्टेन्ट साइक्याट्रिष्ट डा. सुशील समदर्शीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशबाट गजेन्द्रनारायण सिंह अस्पताल फिर्ता पठाइएको छ । उनीहरू हालका अस्पतालहरूमा काजमा रहेका थिए ।
    यी पाँच चिकित्सकहरुको काज फिर्ता भएसँगै गजेन्द्र नारायण सिंह अस्पतालमा अब वरिष्ठ कन्सल्टेण्ट इ.एन.टी. सर्जन, कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट, कन्सल्टेन्ट रेडियोलोजिष्ट र कन्सल्टेन्ट साइक्याट्रिष्ट रहने छ ।   
    त्यसैगरी डडेल्धुरा अस्पतालका लागि चार जना चिकित्सकलाई काज फिर्ता गरिएको छ। जसमा डा. सन्तोष कुमार गुप्ता सुदूरपश्चिम मुख्यमन्त्रीको कार्यालयबाट डडेल्धुरा अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डा. मिसन्ता शर्मा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट डा. सुयोग्य वाग्लेलाई डडेल्धुरा अस्पतालका लागि रेफर गरिएको हो ।
    यस्तै नारायणी अस्पताल पर्साका लागि भने पाँच जना चिकित्सकलाई काज फिर्ता गरी सोही अस्पताल खटाइने भएको छ । जसमा राष्ट्रिय चिकित्सा प्रतिष्ठान वीर अस्पतालबाट डा. सोनिकाधरी श्रेष्ठ, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डा. संजोग तिमिल्सिना, लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयबाट डा. अरुण ज्ञवाली, स्वास्थ्य सेवा विभाग टेकुबाट डा. मुकेश पौडेल र कान्ति बाल अस्पतालबाट डा. दिपेश भट्टराईलाई काज फिर्ता गरिएको छ । मन्त्रालयका अनुसार उनीहरू स्वास्थ्य सेवातर्फका नवौँ र दसौँ तहका कर्मचारी अन्तर्गत पर्छन् ।
    विशेष गरी डडेल्धुरा, नारायणी उपक्षेत्रीय अस्पताल र गजेन्द्रनारायण सिंह अस्पतालको सेवालाई प्रभावकारी बनाउने भन्दै काज फिर्ता गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समाजवादी पार्टीमा हजारौं प्रवेश
समाजवादी पार्टीमा हजारौं प्रवेश
सहिदको सपना साकार भयो ः मुख्यमन्त्री राउत, मधेश प्रदेशद्वारा ५९ सहिद परिवारलाई तीन÷तीन लाख
सहिदको सपना साकार भयो ः मुख्यमन्त्री राउत, मधेश प्रदेशद्वारा ५९ सहिद परिवारलाई तीन÷तीन लाख
इमान्दार प्रयास र नेतृत्वसहित नेपाली खेलकुद माथी उकास्ने प्रयास गर्छु ः खेलकुद मन्त्री चौधरी
इमान्दार प्रयास र नेतृत्वसहित नेपाली खेलकुद माथी उकास्ने प्रयास गर्छु ः खेलकुद मन्त्री चौधरी
बाँसको झ्याङमा लुकाई राखेको  अवस्थामा गाजा बरामद 
बाँसको झ्याङमा लुकाई राखेको  अवस्थामा गाजा बरामद 
आगलागीले एकै व्यक्तिको चार घर नष्ट
आगलागीले एकै व्यक्तिको चार घर नष्ट
बसको ठक्करबाट जसपा नेता भिमराज घाइते 
बसको ठक्करबाट जसपा नेता भिमराज घाइते 
बिनाकारण सशस्त्र इन्सपेक्टरले जवानलाई छातीमा बुटले प्रहार गरेको आरोप 
बिनाकारण सशस्त्र इन्सपेक्टरले जवानलाई छातीमा बुटले प्रहार गरेको आरोप 
बालिका बलात्कार गरेका  यूवकलाई ६ वर्ष कैद
असार १२ गते जिल्ला समन्वय  समिती सप्तरीको निर्वाचन 
असार १२ गते जिल्ला समन्वय  समिती सप्तरीको निर्वाचन 
महादेवाका अग्नीपीडितको बिजोग, कतै रुखमुनी त कतै खेतमा पाल टांगेर वास
महादेवाका अग्नीपीडितको बिजोग, कतै रुखमुनी त कतै खेतमा पाल टांगेर वास

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह