दैनिक समाचारदाता
राजविराज, ५ जेठ ।
राजविराज नगरपालिकाका सवइन्जिनियर मनोज कुमार यादव कुटिएका छन् । उनी मंगलबार बिहान राजविराज वडा नं. ८ स्थित निर्माण कार्यको निरिक्षण तथा लेआउट गर्न पुगेको बेला कुटिनुका साथै उनको साथमा रहेको ल्यापटप समेत तोडफोड भएको छ ।
मंगलबार बिहान १० बजेतिर राजविराज ८ मा नगरपालिकाद्वारा भइरहेको सडक निर्माण कार्यको निरिक्षण तथा लेआउटका लागि पुगेका सवइन्जिनियर यादवमाथी सोही वडा निवासी गुलाब यादव भन्ने व्यक्तिले कुटपिट तथा ल्यापटप तोडफोड गरेको प्रमुख प्रशसकीय अधिकृत हरिकिशोर प्रसाद चन्द्रवंशी बताए ।
नगरपालिकाबाट मंगलबार नै सवइन्जिनियर यादवमाथी कुटपिट गर्ने तथा ल्यापटप तोडफोड गर्ने गुलाब यादवलाई पक्राउ गरि कानुन बमोजिम कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइएको उनले जनाएका छन् ।
यता घटनाको बिरोधमा नगरपालिकाका कर्मचारीहरुले अतिआवश्यक बाहेकका अन्य सबै सेवा ठप्प पारेका छन् । नगरपालिकाको कर्मचारी परिवारका तर्फबाट जारि संयुक्त प्रेस विज्ञप्तिमा कार्य क्षेत्रमा पेशागत जिम्मेवारी निर्वाहा गर्न जाँदा गुण्डाशैलीमा राष्ट्रसेवक कर्मचारीमाथी आक्रमण हुनु निन्दनीय रहेको उल्लेख छ ।
साथै उक्त विज्ञप्ति मार्फत कर्मचारी कुट्ने व्यक्तिलाई पक्राउ गरि कारवाही नगरेसम्म नगरपालिकाको आकस्मिक बाहेकका अन्य सबै सेवा बन्द रहने जनाइएको छ ।
राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
सारांश
- मंगलबार बिहान १० बजेतिर राजविराज ८ मा नगरपालिकाद्वारा भइरहेको सडक निर्माण कार्यको निरिक्षण तथा लेआउटका लागि पुगेका सवइन्जिनियर यादवमाथी सोही वडा निवासी गुलाब यादव भन्ने व्यक्तिले कुटपिट तथा ल्यापटप तोडफोड गरेको प्रमुख प्रशसकीय अधिकृत हरिकिशोर प्रसाद चन्द्रवंशी बताए ।
- नगरपालिकाबाट मंगलबार नै सवइन्जिनियर यादवमाथी कुटपिट गर्ने तथा ल्यापटप तोडफोड गर्ने गुलाब यादवलाई पक्राउ गरि कानुन बमोजिम कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइएको उनले जनाएका छन् ।
- यता घटनाको बिरोधमा नगरपालिकाका कर्मचारीहरुले अतिआवश्यक बाहेकका अन्य सबै सेवा ठप्प पारेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया