दैनिक समाचारदाता
काठमाडौं, ६ असार ।
टीकापुर घटनामा संलग्न भएको अभियोगमा जन्मकैद भोगिरहेका सांसद रेशम चौधरीलाई खुट्टामा नेल बाँधेर उपचार गराइरहेको तस्बिर सामाजिक संजालमा भाइरल भइरहेको छ ।
जेल प्रशासनले उनलाई भाग्न नदिन खुट्टामा नेल बाँधेर राखेको हो । उनलाई नेल बाँधिएको फोटो सामाजिक सञ्जालमा भाइरल भएसँगै पक्ष विपक्षमा टिप्पणी सुरु भएको छ ।
सांसद चौधरी बिरामी परेपछि वीर अस्पतालमा भर्ना गरिएको र अस्पतालको शैय्यामा खुट्टामा नेल बाँधेर उपचार गरिँदै छ ।
हाल काठमाडौंस्थित डिल्ली बजार कारागारमा कैदी जिवन बिताइरहेका सांसद चौधरी केही दिनयता गम्भिर सिकिस्त बिरामी परेका छन् ।
कतिपयले रेशम नरसंहरमा दोषी भएर कर्तव्य ज्यानमा सजाय भोगिरहेकाले नेल लाउनु अनौठो नभएको बताएका छन भने उनका समर्थकले भने निर्वाचित सांसदको खुट्टा नेल बाँधेर सरकारले जनमतको अपमान गरेको आक्रोस पोखेका छन् ।
लामो समयदेखि हाडजोर्नी सम्मबन्धी समस्या झेलिरहेका उनी १५ दिनदेखि वीर अस्पतालमा दैनिक थेरापी गरिरहेका थिए । तर, पछिल्लो समय शरीर नै कुप्रो परेपछि उनलाई बिहीबार वीरको आकास्मिक कक्षमा भर्ना गरिएको हो ।
चौधरीको बोनम्यारोमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको उनका भाइ मिठूलाल चौधरीले बताए । फोक्सोमा पनि समस्या यस्तै चौधरीको फोक्सोमासमेत गम्भीर समस्या भएको चिकित्सकहरूले बताएका मिठूलालले जानकारी दिए । हाल रेशमलाई वीरको पाँच नम्बर क्याबिनमा राखेर उपचार भइरहेको छ ।
२०७२ भदौ ७ गते टीकापुर सात प्रहरीसहित ८ जनाको हत्या भएको घटनामा कैलाली जिल्ला अदालतले रेशमलाई प्रमुख दोषी मानेको थियो । उनी १५ महिनादेखि जेलमा छन् । कैलाली जिल्ला अदालतले सांसद रेशमसहित ११ जनालाई जन्मकैद फैसला गरेको थियो। चौधरीलाई जेलबाट नै सिंहदरबार संसद भवनमा लगेर सपथग्रहण गराइएको थियो । सपथ ग्रहणलगत्तै पुनः उनलाई जेल फिर्ता लगिएको थियो । चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट ३४ हजार ३४१ मत ल्याएर राजपाबाट चुनाव जितेका थिए ।
सांसद रेशम चौधरीको खुट्टामा नेल बाँधेर उपचार गरिँदै
सारांश
- जेल प्रशासनले उनलाई भाग्न नदिन खुट्टामा नेल बाँधेर राखेको हो ।
- उनलाई नेल बाँधिएको फोटो सामाजिक सञ्जालमा भाइरल भएसँगै पक्ष विपक्षमा टिप्पणी सुरु भएको छ ।
- सांसद चौधरी बिरामी परेपछि वीर अस्पतालमा भर्ना गरिएको र अस्पतालको शैय्यामा खुट्टामा नेल बाँधेर उपचार गरिँदै छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया