एक बालकसहित तीनको मृत्यु

राजविराज राजविराज
|
बुधबार, आषाढ १८, २०७६
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  •     सप्तरीको कञ्चनरुप नगरपालिका २ बरमझियास्थित पोखरीमा डुबेर स्थानिय ४ वर्षीय बालक सहप शेखको मृत्यु भएको प्रहरीले जनाएको छ ।
  •       घर नजिकैको सरकारी पोखरीमा पानी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
  •       यस्तै हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित खेतमा बेवारिसे शव फेला परेका छ ।

दैनिक समाचारदाता
राजविराज, १७ असार ।
    सप्तरीको छुट्टाछट्टै स्थानमा भएको घटनामा परि एक बालकसहित तीन जनाको मृत्यु भएको छ । 
    सप्तरीको कञ्चनरुप नगरपालिका २ बरमझियास्थित पोखरीमा डुबेर स्थानिय ४ वर्षीय बालक सहप शेखको मृत्यु भएको प्रहरीले जनाएको छ । 
    घर नजिकैको सरकारी पोखरीमा पानी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 
    यस्तै हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित खेतमा बेवारिसे शव फेला परेका छ । करिब साढे ५ फिट उचाईको र घाँटीमा मोतीको जस्तो देखिने हार लगाएको ३५ वर्षको पुरुषको शव पानी जमेको खेतमा भेटिएको इलाका प्रहरी कार्यालय भारदहले  जनाएको छ ।  
    त्यस्तै सप्तरीकै डाक्नेश्वरी नगरपालिका ९ मुतनी खोलाको पुलभन्दा पश्चिमतर्फ खेतमा राजगढ गाउँपालिका ५ का ६० वर्षीय सकलदेव रामको शव फेला परेको छ । 
    यता तिनै स्थानको घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक भावेश रिमालले जानकारी दिएका छन् ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु 
एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु 
प्रदेश स्तरिय सहकारी अभिमुखीकरण अन्तरक्रिया सम्पन्न
प्रदेश स्तरिय सहकारी अभिमुखीकरण अन्तरक्रिया सम्पन्न
ऋण नतिरेको भन्दै घरमा आगजनी गर्दै भैसी समेत लगे
ऋण नतिरेको भन्दै घरमा आगजनी गर्दै भैसी समेत लगे
सवारी ज्यान मुद्दाका फरार चालक पक्राउ
सवारी ज्यान मुद्दाका फरार चालक पक्राउ
हनुमाननगरमा निःशुल्क मुटुरोगको शिविर सम्पन्न
हनुमाननगरमा निःशुल्क मुटुरोगको शिविर सम्पन्न
रेडक्रस अध्यक्ष भगत र जसपा नेता यादव एमालेमा प्रवेश
रेडक्रस अध्यक्ष भगत र जसपा नेता यादव एमालेमा प्रवेश
गजेन्द्रनारायण सिंह अस्पतालमा नवजात शिशु घाइते प्रकरण, चिकित्सकमाथी हातपात र तोडफोड भएपछी अस्पतालका सेवा ठप्प
गजेन्द्रनारायण सिंह अस्पतालमा नवजात शिशु घाइते प्रकरण, चिकित्सकमाथी हातपात र तोडफोड भएपछी अस्पतालका सेवा ठप्प
सप्तरीवासीलाई गणतन्त्र देशको पहिलो राष्ट्रपति हुनबाट मधेशवादी दलले नै बञ्चित गराए ः प्रचण्ड
सप्तरीवासीलाई गणतन्त्र देशको पहिलो राष्ट्रपति हुनबाट मधेशवादी दलले नै बञ्चित गराए ः प्रचण्ड
कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
सप्तरीका ४० जना सडक आश्रित मानवको उद्दार
सप्तरीका ४० जना सडक आश्रित मानवको उद्दार