दैनिक समाचारदाता
राजविराज, ९ साउन ।
सप्तरीको सुरुगा नगरपालिका लक्ष्मिपुरस्थित पर्ने मुनि खोलामा आएको बाढीका कारण सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती व्यहोर्नु परेको छ ।
गाईघाट र नेपालटार जाने मुख्य सडकको रूपमा रहेको उक्त सडकमा पानी जमेर गाडीहरू अबरुद्ध भएपछि यात्रुहरुले सास्ती व्यहोर्नु परेको हो ।
लगातारको वर्षाले मुनि खोलामा आएको बाढिले ती क्षेत्रका बासिन्दाहरु त्रसित बनेका छन् । सानो खोलाको रूपमा देखिने मुनि खोलाले बर्षा याममा स्थानीयहरुलाई धेरै अप्ठ्यारो हुने गरेको छ ।
सुख्खा समयमा खोला जस्तो नदेखिने र बर्षा याममा पानीको बहाब बढ्ेपछि उक्त खोलामा बाढी आउने गर्दछ । बाढीका कारण प्रत्येक बर्ष आसपासका गाउँहरु लक्ष्मिपुर, कहर्वा, चहका, भेडियालगायतका गाउँहरु दडबानमा पर्ने गरेका छन् ।
मंगलबार, बुधबार र बिहीबार परेको पानीले सडक अबरुध भएपछि खोलामा पुल नहुदा काठमाडौं र बिराटनगरबाट आउने गाडीहरू गन्तव्यतर्फ पुग्न नसकेर सयौं गाडीहरू सडकमै अलपत्र परेका छन् ।
बाढीका कारण गाईघाट कदमाहा सडकखण्ड अबरुद्ध
सारांश
- गाईघाट र नेपालटार जाने मुख्य सडकको रूपमा रहेको उक्त सडकमा पानी जमेर गाडीहरू अबरुद्ध भएपछि यात्रुहरुले सास्ती व्यहोर्नु परेको हो ।
- लगातारको वर्षाले मुनि खोलामा आएको बाढिले ती क्षेत्रका बासिन्दाहरु त्रसित बनेका छन् ।
- सानो खोलाको रूपमा देखिने मुनि खोलाले बर्षा याममा स्थानीयहरुलाई धेरै अप्ठ्यारो हुने गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया