विद्यार्थीलाई लक्षित गरि सेनाको ग्रासरुट टे«निङ 

राजविराज राजविराज
|
शनिबार, श्रावण १८, २०७६
|
|
१ पटक हेरिएको
Shares
विद्यार्थीलाई लक्षित गरि सेनाको ग्रासरुट टे«निङ 

सारांश

  •     राजविराज÷सैनिक–नागरिक सम्बन्ध सूदृढ गर्न तथा वालवालिकाहरुमा कलिलो उमेरबाटै शिक्षासँगै खेलप्रति अभिरुची जगाउने उद्देश्यले नेपाली सेनाले शनिबारदेखी ग्रासरुट फुटवल ट्रेनिङ सुरु गरेको छ ।
  •       यहाँस्थित भिमदल गणद्वारा सुरु गरिएको टे«निङमा जिल्लास्थित विभिन्न विद्यालयका १२ वर्षमूनीका ३३ जना विद्यार्थीहरुको सहभागिता रहेको छ ।
  •       शिक्षासँगै स्वास्थ्य, अनुशासन, खेलकुद र भबिष्यमा सुयोग्य नागरिक उत्पादनलाई सहयोग पुग्ने उदेश्यले नं.

    राजविराज÷सैनिक–नागरिक सम्बन्ध सूदृढ गर्न तथा वालवालिकाहरुमा कलिलो उमेरबाटै शिक्षासँगै खेलप्रति अभिरुची जगाउने उद्देश्यले नेपाली सेनाले शनिबारदेखी ग्रासरुट फुटवल ट्रेनिङ सुरु गरेको छ । 
    यहाँस्थित भिमदल गणद्वारा सुरु गरिएको टे«निङमा जिल्लास्थित विभिन्न विद्यालयका १२ वर्षमूनीका ३३ जना विद्यार्थीहरुको सहभागिता रहेको छ । 
    शिक्षासँगै स्वास्थ्य, अनुशासन, खेलकुद र भबिष्यमा सुयोग्य नागरिक उत्पादनलाई सहयोग पुग्ने उदेश्यले नं. २७ बाहिनी अडडको निर्देशन तथा जिल्ला पूmुबल संघ, प्याव्सन, जिल्ला शिक्षा समन्वय ईकाइ, जिल्ला प्रशासन कार्यलय, स्थानिय निकाय, संचारकर्मी तथा शिक्षकहरुको समन्वय र सहकार्यमा भिमदल गणस्थित खेलमैदानमा सुरु गरिएको टे«निङको गणका गणपति गुप्त बहादुर कुँवरले फुटवलका प्रशिक्षकलाई बल हस्तान्तरण गरि शुभारम्भ गरेका हुन् । 
    उक्त कार्यलाई निरन्तरता दिंदै प्रत्येक हप्ताको शनिवार नियमित टे«निङ संचालन हुने गणले जनाएको छ । संचालित ट्रेनिङमा जिल्लास्थित ह्याप्पील्याण्ड बोर्डिङ स्कुल, उग्रकान्त सेकेण्डरी स्कूल, लिटिल फ्लावर्स स्कुल र हिमालय क्लबका ६ वर्षदेखी १२ बर्ष उमेर समूहका खेलाडीहरु सहभागि छन् । 
    उनीहरुलाई जिल्ला फुटवल संघ तथा गणका प्रशिक्षकहरुले तालिम प्रदान गरिरहेको गणका कार्याधिकृत सेनानी अमर बहादुर थापाले जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?