दाजुभाईको एउटै चितामा अन्त्येष्टी शोकमा बजार र विद्यालय बन्द, गाउँभर चुलो बलेन्

राजविराज राजविराज
|
आइतबार, श्रावण १९, २०७६
|
|
२६ पटक हेरिएको
Shares
दाजुभाईको एउटै चितामा अन्त्येष्टी शोकमा बजार र विद्यालय बन्द, गाउँभर चुलो बलेन्

सारांश

  •     जिल्लाको शम्भुनाथ नगरपालिका २ कनकपट्टी गाउँका रामविलाश साहका दुवै छोरा २० बर्षिय सुरेश र १८ बर्षिय शिवकान्तको सोही आयोजनामा काम गर्दै गर्दा शुक्रबार दुर्घटनामा परी ज्यान गएपछि गाउँ शोकमग्न भएको हो ।
  •       बैदेशिक रोजगारीमा जान खर्च जुटाउन दश दिन अघि मात्र ती दाजुभाई बुवासँगै मजदुरीका लागी काठमाडौं गएका थिए ।
  • बालाजुमा आयोजनाको टयांकी सफा गर्ने क्रममा निसास्सिएर शिवकान्त र सुरेशको ज्यान गएको थियो ।

र्दैनिक समाचारदाता
राजविराज, १९ साउन । 
    मेलम्ची खानेपानी आयोजना बालाजुमा कामदारको रुपमा कार्यरत दाजुभाईको शुक्रबार दुर्घटनाका क्रममा मृत्यु भएपछि अहिले सप्तरीको शम्भुनाथ नगरपालिका २ कनकपट्टी शोकमा डुबेको छ । 
    जिल्लाको शम्भुनाथ नगरपालिका २ कनकपट्टी गाउँका रामविलाश साहका दुवै छोरा २० बर्षिय सुरेश र १८ बर्षिय शिवकान्तको सोही आयोजनामा काम गर्दै गर्दा शुक्रबार दुर्घटनामा परी ज्यान गएपछि गाउँ शोकमग्न भएको हो । 
    बैदेशिक रोजगारीमा जान खर्च जुटाउन दश दिन अघि मात्र ती दाजुभाई बुवासँगै मजदुरीका लागी काठमाडौं गएका थिए । बालाजुमा आयोजनाको टयांकी सफा गर्ने क्रममा निसास्सिएर शिवकान्त र सुरेशको ज्यान गएको थियो । 
    बुवा रामविलाश र आमा रामबत्तीको सन्ताको नाममा दुई मात्र छोराको अकालमै ज्यान गएपछि उनको घर र सिंगो टोल शोकमग्न छ ।
    टयांकीको ढलान खोल्न सुरुमा सुरेस पाईप भित्र पसेका थिए उनी भित्रै ढलेपछि उद्वार गर्न गएका उनका भाई शिवकान्त पनि भित्रै ढलेको उनका बुबा रामविलासले बताए । 
    दुबै छोरा ट्यांकी भित्र ढलेको देखेर बुबा रामविलाशले हो हल्ला गरेपछि जम्मा भएका स्थानिय, प्रहरी र डोजरको सहयोगमा उद्वार गरी दुवै छोरालाई महराजगंज शिक्षण अस्पताल पु¥याए तर, चिकितसकले दुवैलाई मृत घोषणा ग¥यो । 
    मृतका बुबा रामविलासले सासै फेर्न नसकिने जोखिम पूर्ण ठाउँमा आयोजनाका सुपरभाईजर अमृत सरले सिकारु दुवै छोरालाई पसाए जानाजानी ज्यान लिएको गुनासो पोखे ।
    यता शोक मनाउन तथा घटनाको छानविन र मृतक परिवारलाई क्षतिपुर्ती दिलाउन दवाव स्वरुप कनकपट्टी बजार र विद्यालय बन्द गरिएको स्थानिय व्यवसायी तेज नारायण चौधरीले बताए । 
    बालाजुस्थित सो आयोजनामा रामविलाश भने दुई महिना अघि देखि नै काम गर्दै आएका थिए । आईएड पढ्दै गरेका जेठा छोरा सुरेश र कान्छो छोरा शिवकान्त यसै पल्ट एसइई परिक्षा पास गरेका हुन् । 
    रामविलासका दुवै छोरा रोजगारीका लागी विदेश जाने तयारीमा थिए । भिसा नआएकाले तत्काल आवश्यक खर्च जुटाउन केही दिन काठमाडौंमा सँगै काम गर्ने छोराहरुले गरेको आग्रह गरेपछि सुपरभाईजरलाई भनेर काम लगाईदिएको रामबिलाशको भनाई छ ।
    दुवै छोराको मृत शरीर घर आईपुगेपछि लाश देखेर आमा रामबत्ती मात्र होईन आफन्तहरुपनि भकाभक बेहोस हुन थाले । उनीहरुलाई सम्हाल्न छिमेकी र गाउँलेहरुलाई हम्मे हम्मे परेको थियो । आईतबार विहान गाउँभरी चुलो बलेन । कसैले केही खाएनन् ।
    यस्तै स्थानिय समाजसेवी एवं राजपाका केन्द्रिय सदस्य दिनेश कुमार यादवले दुखद घटनाका कारण गाउँमा चुलो नबलेको बताए । उनले दुखदायी घटनाका जिम्मेबार सुपरभाईजर माथि छानविन र कार्यवाही तथा मृतक परिवारलाई सरकारले उचित क्षतिपुर्ति दिनु पर्ने माग समेत गरे । 
    शनिबारराती दाजुभाईको शव घर पुगेपछि आईतबारै हिंन्दु धर्म संस्कार अनुसार एउटै चितामा अन्त्येष्टी गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परालमुनी लुकाई राखिएको ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद, चार जना प्रहरी पुरस्कृत
परालमुनी लुकाई राखिएको ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद, चार जना प्रहरी पुरस्कृत
किशोर किशोरीहरु जिवन उपयोगी सीप तर्फ जागरूक हँुदै
किशोर किशोरीहरु जिवन उपयोगी सीप तर्फ जागरूक हँुदै
बैदेशिक रोजगारीमा गएका मध्येबाट  कंचनरुपका १४ जनाले गुमाए ज्यान
बैदेशिक रोजगारीमा गएका मध्येबाट  कंचनरुपका १४ जनाले गुमाए ज्यान
दलित वस्तीका छात्रछात्रालाई पाठ्यपुस्तक वितरण 
दलित वस्तीका छात्रछात्रालाई पाठ्यपुस्तक वितरण 
वक्तृत्वकला प्रतियोगिता सम्पन्न 
वक्तृत्वकला प्रतियोगिता सम्पन्न 
वडा नं. २ को एक टोलमा बिजुली बलेपछि बलानबिहुलमा पूर्णरुपले विद्युतीकरण सम्पन्न
वडा नं. २ को एक टोलमा बिजुली बलेपछि बलानबिहुलमा पूर्णरुपले विद्युतीकरण सम्पन्न
घुस लिँदै गर्दा वडाध्यक्षलाई अख्तियारले समात्यो, अध्यक्षका छोराद्वारा प्रपन्च रचि फसाएको दाबी
प्रजातन्त्र दिवस मनाउन बोलाईएको छलफल बैठकमा ९ जनाको मात्र उपस्थिति
प्रजातन्त्र दिवस मनाउन बोलाईएको छलफल बैठकमा ९ जनाको मात्र उपस्थिति
माग पुरा नभए आमरण अनसनमा बस्ने अनसनकारीको घोषणा
माग पुरा नभए आमरण अनसनमा बस्ने अनसनकारीको घोषणा
भन्सार कार्यालयलाई निर्णय तुरुन्त फिर्ता लिन सिमा सम्वादको आग्रह
भन्सार कार्यालयलाई निर्णय तुरुन्त फिर्ता लिन सिमा सम्वादको आग्रह