अग्निपीडितलाई राहत प्रदान

राजविराज राजविराज
|
बिहिबार, श्रावण ३०, २०७६
|
|
२० पटक हेरिएको
Shares
अग्निपीडितलाई राहत प्रदान

सारांश

  •     आगलागिबाट सर्वस्व गुमाई कष्टमा रहेका तिलाठी कोईलाडी गाउपालिका ३ सकरपुरा गाउका अग्नीपीडितहरु महन्थी मुखियाकी पत्नी कलमवति देवी र देवीलाल मुखियाकी पत्नी बेचनी देवीलाई क्लबका अध्यक्ष अध्यक्ष एवं समाजसेवी ई.
  • सूर्य नारायण यादवले सो राहत वितरण गरेका हुन् ।
  •     उनले प्रति परिवार त्रिपाल, झुल, धोती, साडी, तन्ना, थाल, ग्लास, कराहि, डेक्ची, पन्यु लगायतका राहत सामाग्रीहरु सो संस्ताले बितरण गरे ।

दैनिक समाचारदाता
राजविराज, २९ साउन । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा मंगलबार भएको आगलागिबाट पीडित भएकाहरुलाई बुधबार धर्मी हल्फा महिला विकास क्लबले राहत बितरण गरेको छ । 
    आगलागिबाट सर्वस्व गुमाई कष्टमा रहेका तिलाठी कोईलाडी गाउपालिका ३ सकरपुरा गाउका अग्नीपीडितहरु महन्थी मुखियाकी पत्नी कलमवति देवी र देवीलाल मुखियाकी पत्नी बेचनी देवीलाई क्लबका अध्यक्ष अध्यक्ष एवं समाजसेवी ई. सूर्य नारायण यादवले सो राहत वितरण गरेका हुन् ।
    उनले प्रति परिवार त्रिपाल, झुल, धोती, साडी, तन्ना, थाल, ग्लास, कराहि, डेक्ची, पन्यु लगायतका राहत सामाग्रीहरु सो संस्ताले बितरण गरे । 
    ती परिवारको घरमा आगलागि हुदा पाँच वटा घर तथा घरभित्र रहेका सम्पुर्ण सामानहरु आगोमा जलेर सखाप भएका छन् । 
    राहत वितरणको अवसरमा तिलाठी कोइलाडी गाउपालिका उपाध्यक्ष सुचिता यादव, वडा सदस्यहरु दिपक देव र रीता साह, प्रहरी चोकी तिलाठी र बेल्हीका प्रहरी नायब निरीक्षक हरी चौहान, सशस्त्र प्रहरी बल बेल्हिको प्रहरी नायब निरीक्षक हरिराम सिटौला, शिव कुमार मुखिया, राधा देवी खंङ्ग लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?