दैनिक समाचारदाता
राजविराज, १५ भदौं ।
सोमबार एकै दिन तिज र चौठचन्द्र पर्व परेकोले अहिले तराईको जिल्लाहरुमा महिलाहरु पर्व मनाउन सम्पूर्ण तयारी गरेका छन् ।
तराईका धनुषा महोत्तरी, रौतहट, बारा, पर्सा, सर्लाही, सिरहा, सप्तरी लगायतका जिल्लामा निष्ठा पुर्वक मनाईने यो पर्वमा परिवारको कल्याण र धन धान्यका लागी चौठचन्द्रको पुजा गरिन्छ ।
यो पर्वको अवसरमा घर बाहिर रहेका आफन्तजनसहित सामुहिक जमघटमा मनाईन्छ । यस अवसरमा ठाउँ ठाउँमा गणेश तथा अन्य देवी देउताका मुर्ती निर्माण गरी गणेश पुजनोत्सवको तयारी गरिएको छ । भदौ शुक्ल चतुर्थीको साझ मनाईने चौठचन्द्र पुजा मिथला क्षेत्रमा मिथिला नरेश हेमागंद ठाकुरद्वारा प्रारम्भ भएको मानिन्छ ।
चन्द्रमा कंलकिंत भएको धार्मिक मान्यता अनुसार मिथलाबासी चौठीका दिन चौठचन्द्र पुजा गर्छन । खिर, पुरी, दही, मिठाई, फलफुल, नैवेध सहित चौठिकको साझ चन्द्रमालाई अर्धदिएर पुजा गरिन्छ । दिनभर उपबास बसेकी महिलाले अर्धदान गर्दछन् ।
चौठचन्द्रमा सम्पूर्ण परिवार एकै स्थानमा बसेर पुजा गरी प्रसाद खानेचलन रहेको र यसले मनोकान्छा पुर्व पुरा हुने जनविश्वास रहेको पंडित रुपकान्त मिश्रको भनाई छ ।
यता एकै दिन तिज पर्व समेत परेकाले यी पर्वहरुमा उपयोग गरिने वस्तुहरुको मुल्य मनपरी कायम भएको छ । स्थानिय बजारमा आईतबार दुधको मुल्यमा प्रति लिटर ५० रुपैया वृद्घि भएको छ ।
यस्तै केरा, नारिवल, काक्रो, कागती, मकै लगायत प्रसाद सामग्री तथा माटोका भाडाहरुमा समेत तिन गुनालो बढेको तथा नियन्त्रणका लागी सम्बन्धित निकायले कुनै चासो नदेखाएको भक्तालुहरुले गुनासो पोखेका छन् ।
आज तिज र चौठचन्द्र एकैसाथ मनाइदै
सारांश
- तराईका धनुषा महोत्तरी, रौतहट, बारा, पर्सा, सर्लाही, सिरहा, सप्तरी लगायतका जिल्लामा निष्ठा पुर्वक मनाईने यो पर्वमा परिवारको कल्याण र धन धान्यका लागी चौठचन्द्रको पुजा गरिन्छ ।
- यो पर्वको अवसरमा घर बाहिर रहेका आफन्तजनसहित सामुहिक जमघटमा मनाईन्छ ।
- यस अवसरमा ठाउँ ठाउँमा गणेश तथा अन्य देवी देउताका मुर्ती निर्माण गरी गणेश पुजनोत्सवको तयारी गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया