दैनिक समाचारदाता
राजविराज, ६ असोज ।
मुलुक कै पुरानो क्याम्पस मध्ये महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजबिराज र एक दाता परिवारबीच बढ्दै गएको मतभेद अन्त्य भएको छ ।
क्याम्पस प्रमुख डा. सर्बेशचन्द्र मिश्रको अगुवाईमा क्याम्पस र क्याम्पसदाता परिवारका एक सदस्य ललिता यादब लताबीच भएको छलफलबाट मतभेद अन्त्य भएको हो ।
क्याम्पस प्रमुख मिश्रले क्याम्पस दिवसको दिन भएको घटनाप्रति खेद प्रकट गर्दै आउने दिनमा सम्पूर्ण क्याम्पस दातापरिवारलाई आमन्त्रित गरि भव्यताका साथ क्याम्पस दिवस मनाउने प्रतिबद्धता ब्यक्त गरे ।
गत भदौ ११ गते सम्पन्न क्याम्पस दिवसको अवसरमा क्याम्पसका दाता बिन्देश्वरीका छोरा ईनरदेव पक्षका बुहारी प्रतिनिधि सभाका सदस्य रेणु कुमारी यादबलाई कार्यक्रममा मात्र बोलाएर कार्यक्रम गर्न खोज्दा अर्काे पक्ष बिन्देश्वरीका अर्का छोरा धर्मदेबका बुहारी ललितादेवी लतालाई नबोलाएको भन्दै लता पक्षले कार्यक्रम सभाहलमा ताला लगाएका थिए ।
कार्यक्रम स्थलमा होहल्ला भएपछि क्याम्पस प्रशासनले संस्थापक दाता स्व. बिन्देश्वरी यादबको शालिकमा फुलमाला लगाएर कार्यक्रम तत्काल स्थगित गरेको थियो ।
दाता परिवारका दुबै पक्षलाई क्याम्पसले आमन्त्रित गर्ने
सारांश
- क्याम्पस प्रमुख डा.
- सर्बेशचन्द्र मिश्रको अगुवाईमा क्याम्पस र क्याम्पसदाता परिवारका एक सदस्य ललिता यादब लताबीच भएको छलफलबाट मतभेद अन्त्य भएको हो ।
- क्याम्पस प्रमुख मिश्रले क्याम्पस दिवसको दिन भएको घटनाप्रति खेद प्रकट गर्दै आउने दिनमा सम्पूर्ण क्याम्पस दातापरिवारलाई आमन्त्रित गरि भव्यताका साथ क्याम्पस दिवस मनाउने प्रतिबद्धता ब्यक्त गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया