सप्तरी काँग्रेसद्वारा सांसद चौधरीलाई अनुशासनको कारवाही गर्न माग 

राजविराज राजविराज
|
बुधबार, आश्विन ८, २०७६
|
|
२६ पटक हेरिएको
Shares
सप्तरी काँग्रेसद्वारा सांसद चौधरीलाई अनुशासनको कारवाही गर्न माग 

सारांश

  •     काँग्रेस सप्तरीको कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सभापति दिनेश कुमार यादवले काँग्रेसको दोश्रो चरणको जागरण अभियानको समापन कार्यक्रम अन्तरगत मंगलबार राजविराजमा आयोजित बिरोध सभाका क्रममा पार्टीलाई कमजोर बनाउने र पार्टीको कार्यक्रम भाड्ने उद्देश्यले सांसद चौधरीले सुनियोजित ढंगले सभास्थलमा बितण्डा मच्याएको आरोप लगाए ।
  •       उनले सांसद चँौधरीमाथी अनुशासनको कारवाही गर्न केन्द्रिय समितिमा बुधबारै पत्राचार गरेको समेत जानकारी दिँदै वर्तमान निरंशुक सरकार बिरुद्ध आयोजना गरिएको बिरोध सभालाई भाड्न र पार्टीलाई कमजोर बनाउन मञ्चमै आएर होहल्ला तथा अशोभनिय व्यवहार देखाएपछि सांसद चौधरी तथा मञ्चासिन नेता कार्यकर्ताबीच सामान्य धक्कामुक्की मात्र भएको कुनै हातपात नभएको दाबी गरे ।
  •       अघिल्लो दिन मंगलबार जागरण अभियान कार्यक्रम अन्तरगत स्थानिय पविमाविको खेल मैदानमा काँग्रेस सप्तरीद्वारा आयोजना गरिएको बिरोधसभामा आशन ग्रहणको क्रममा मर्यादा क्रम मिचेको भन्दै काँग्रेसका नेता कार्यकर्ताबीच एक आपसमा मञ्चमै विवाद भएको थियो ।

दैनिक समाचारदाता
राजविराज, ८ असोज । 
    नेपाली काँग्रेस जिल्ला कार्य समिति सप्तरीले सांसद तेजुलाल चौधरीलाई अनुशासनको कारवाही गर्न पार्टीको केन्द्रिय समितिसँग माँग गरेको छ । 
    काँग्रेस सप्तरीको कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सभापति दिनेश कुमार यादवले काँग्रेसको दोश्रो चरणको जागरण अभियानको समापन कार्यक्रम अन्तरगत मंगलबार राजविराजमा आयोजित बिरोध सभाका क्रममा पार्टीलाई कमजोर बनाउने र पार्टीको कार्यक्रम भाड्ने उद्देश्यले सांसद चौधरीले सुनियोजित ढंगले सभास्थलमा बितण्डा मच्याएको आरोप लगाए । 
    उनले सांसद चँौधरीमाथी अनुशासनको कारवाही गर्न केन्द्रिय समितिमा बुधबारै पत्राचार गरेको समेत जानकारी दिँदै वर्तमान निरंशुक सरकार बिरुद्ध आयोजना गरिएको बिरोध सभालाई भाड्न र पार्टीलाई कमजोर बनाउन मञ्चमै आएर होहल्ला तथा अशोभनिय व्यवहार देखाएपछि सांसद चौधरी तथा मञ्चासिन नेता कार्यकर्ताबीच सामान्य धक्कामुक्की मात्र भएको कुनै हातपात नभएको दाबी गरे । 
    अघिल्लो दिन मंगलबार जागरण अभियान कार्यक्रम अन्तरगत स्थानिय पविमाविको खेल मैदानमा काँग्रेस सप्तरीद्वारा आयोजना गरिएको बिरोधसभामा आशन ग्रहणको क्रममा मर्यादा क्रम मिचेको भन्दै काँग्रेसका नेता कार्यकर्ताबीच एक आपसमा मञ्चमै विवाद भएको थियो । 
    मर्यादा क्रम मिचेर आशनग्रहण गराइएको विषय उठाउँदा आफूलाई सभापति दिनेश यादव पक्षधरले मञ्चमै दुरव्र्यहार तथा धक्का दिएर तल लडाइदिएको भन्दै सोही पार्टीबाट निर्वाचित संघीय सांसद तेजुलाल चौधरीले बिरोध सभा गरि सभापति यादवसहित सो घटनामा संलग्न भएका पाँच जनामाथी अनुशासनको कारवाही गर्न माग गर्दै केन्द्रिय समितिमा पत्र पठाएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?