सबैको साथ र सहयोग लिएर अघि बढने

admin_dainik admin_dainik
|
बुधबार, आषाढ ३, २०८३
|
|
६ पटक हेरिएको
Shares
सबैको साथ र सहयोग लिएर अघि बढने

सारांश

  • दैनिक समाचारदाता राजविराज, २ असार ।
  •   सप्तरीका नवआगन्तुक प्रहरी उपरिक्षक रुपक खडका र प्रहरी नायब उपरिक्षक हेमराज घिमिरेले जिल्लाको सुरक्षा ब्यवस्था सुदृढ बनाउन आफुहरु सबैको साथ र सहयोग लिएर अघि बढने बताएका छन् ।
  • यस अघि प्रहरी प्रमुख र प्रहरी नायब उपरिक्षकको एकै साथ एक साता अघि सरुवा भएपछि नयाँ आएका प्रहरी उपरिक्षक खडका र प्रहरी नायब उपरिक्षक घिमिरेले मंगलवार पत्रकारहरु संगको परिचयात्मक कार्यक्रममा यस्तो कुरा बताएका हुन ।
दैनिक समाचारदाता
राजविराज, २ असार । 
सप्तरीका नवआगन्तुक प्रहरी उपरिक्षक रुपक खडका र प्रहरी नायब उपरिक्षक हेमराज घिमिरेले जिल्लाको सुरक्षा ब्यवस्था सुदृढ बनाउन आफुहरु सबैको साथ र सहयोग लिएर अघि बढने बताएका छन् ।
यस अघि प्रहरी प्रमुख र प्रहरी नायब उपरिक्षकको एकै साथ एक साता अघि सरुवा भएपछि नयाँ आएका प्रहरी उपरिक्षक खडका र प्रहरी नायब उपरिक्षक घिमिरेले मंगलवार पत्रकारहरु संगको परिचयात्मक कार्यक्रममा यस्तो कुरा बताएका हुन ।
प्रहरी उपरिक्षक खडकाले आप्mनो कार्यकालमा शान्तिसुरक्षाका लागी गरिने प्रयासमा सबैको साथ र सहयोग प्राप्त हुने विश्वास ब्यक्त गरे ।
उनले आफ्नो सम्पुर्ण अनुभव इमान्दारीता पुर्वक जिल्लाको शान्तिसुरक्षा सुदृढ बनाउने कुरामा प्रयोग हुने प्रतिबद्धता जनाए । “जनता र प्रहरीको संयुक्त प्रयासबाट जिल्लाको शान्तिसुरक्षा थप मजबुत बनाउने प्रयास रहने छ, उनले भने–कसैको दबाव र प्रभावमा नपरी निश्पक्ष ढंगले कार्य सम्पादन हुनेछ ।”
उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरुबाट २०८३ जेठ महिनामा भएको गतिविधी समेटिएको प्रगति विवरण समेत सार्वजनिक गरिएको छ । जस अनुसार एक महिनाको अवधीमा २६ जना फरार प्रतिवादी पक्राउ गरिएको छ ।
यस्तै जघन्य तथा गम्भिर अपराधका १ जना र लागु औषधका ९ जना पक्राउ परेका छन । यसै अवधीमा भन्सार छलीका ३ लाख ७६ हजार ४ सय १० रुपैयाको मालसमान प्रहरीले जफत गरेको प्रगति विवरणमा उल्लेख छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तालाबन्दी र धर्नाका कारण राजविराज  नगरपालिकाको कामकाज प्रभावित, शतप्रतिशत योजना कार्यान्वयन हुनेमा शंका 
तालाबन्दी र धर्नाका कारण राजविराज  नगरपालिकाको कामकाज प्रभावित, शतप्रतिशत योजना कार्यान्वयन हुनेमा शंका 
बृक्षारोपण गरेर सबलले मनायो स्थापना दिवसमा 
बृक्षारोपण गरेर सबलले मनायो स्थापना दिवसमा 
चार वर्षपछि कुटपिट मुद्दामा फरार महिला पक्राउ 
चार वर्षपछि कुटपिट मुद्दामा फरार महिला पक्राउ 
मिटर ब्याजको चपेटमा क्षेत्री दम्पत्ति
मिटर ब्याजको चपेटमा क्षेत्री दम्पत्ति
छोरीको अपहरण, बलात्कार र हत्या तथा छोरा  वेपत्ता प्रकरणमा आमाद्वारा न्यायको अपिल, हिरासतमा रहेका वडाअध्यक्षलाई अनुसन्धान गर्न पुनः दश दिनको म्याद थप
छोरीको अपहरण, बलात्कार र हत्या तथा छोरा  वेपत्ता प्रकरणमा आमाद्वारा न्यायको अपिल, हिरासतमा रहेका वडाअध्यक्षलाई अनुसन्धान गर्न पुनः दश दिनको म्याद थप
खेलकुद समाग्री बितरण
खेलकुद समाग्री बितरण
मोटरसाइकल र साइकल ठोकिदा  साइकल चालकको मृत्यु
मोटरसाइकल र साइकल ठोकिदा  साइकल चालकको मृत्यु
अन्तरजातिय प्रेम विवाह गरेकी सुत्केरी महिला अलपत्र
अन्तरजातिय प्रेम विवाह गरेकी सुत्केरी महिला अलपत्र
डा. रन्जित झासँग निर्वाचन आयोगले माग्यो स्पष्टिकरण
डा. रन्जित झासँग निर्वाचन आयोगले माग्यो स्पष्टिकरण
प्रहरी, प्रशासन र जनप्रतिनिधिसम्म पुग्दा समेत कब्जा गरिएको जग्गा खाली भएन
प्रहरी, प्रशासन र जनप्रतिनिधिसम्म पुग्दा समेत कब्जा गरिएको जग्गा खाली भएन