दैनिक समाचारदाता
राजविराज, २७ असोज ।
दोश्रो मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा फुलवारी क्रिकेट क्लव सुनसरीले सिरहा क्रिकेट एकेडमीलाई २७ रनले पराजित गरेको छ ।
मबिव क्याम्पसको खेलमैदानमा सोमबार टस जितेर फुलवारी क्रिकेट क्लवले निर्धारित २० ओभरको खेलमा १९.६ ओभरमा सबै विकेट गुमाएर १ सय ३३ रनको योगफल खडा गरेको थियो ।
जसमा फुलवारीका अंकित सुवेदीले २३ रन, बिपिन महतले अविजित १६ रन, राकेश सोनीले १४ र सरोज बस्नेतले १२ रनको योगदान दिएका थिए ।
बलिंगतर्फ सिरहा ऐकेडमीका पार्थिव यादबले कसिलो बलिंग गर्दै ६ बिकेट तथा एफ सिद्विकी, दिलिप यादब र देवेन्द्र साहले समान्य १÷१ विकेट हात पारेका थिए ।
प्रतिउत्तरमा सिरहा क्रिकेट एकेडमीले १८.६ ओभरमा सबै विकेट गुमाएर १ सय ६ रन मै सिमित रहे । जसमा असोक यादबले २८, दिलिप यादब २६, प्रदिप पंडित १४ र प्रकाश कामैत १० रन जोडे पनि टिमलाई जिताउन सकेन ।
यता बलिंगतर्फ बिजेता टिम फुलवरीयाका बिपिन महत ३ बिकेट, प्रवेश कामैत २ र सोनु मण्डल र जितेन्द्र यादबले १÷१ विकेट लिएका थिए । जसमा बिजेता टिमका बिपिन महतले म्यान अफ दि म्याच घोषित भए ।
एक कार्यक्रम बिच बिष्णुपुर गाउपालिकाका अध्यक्ष लिलाम्वर यादबले ब्याटिंग गरेर उद्घाटन गरेको आयोजक समितिले जनाएको छ ।
मिथिला कपको उद्घाटन खेलमा सुनसरी बिजयी
सारांश
- मबिव क्याम्पसको खेलमैदानमा सोमबार टस जितेर फुलवारी क्रिकेट क्लवले निर्धारित २० ओभरको खेलमा १९.
- ६ ओभरमा सबै विकेट गुमाएर १ सय ३३ रनको योगफल खडा गरेको थियो ।
- जसमा फुलवारीका अंकित सुवेदीले २३ रन, बिपिन महतले अविजित १६ रन, राकेश सोनीले १४ र सरोज बस्नेतले १२ रनको योगदान दिएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया