घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

दैनिक संवाददाता दैनिक संवाददाता
|
सोमबार, श्रावण १८, २०८३
|
|
१९ पटक हेरिएको
Shares
घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

सारांश

  • सोमबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी उनले सो माग गर्दै सरकारलाई यस्तो सुझाव दिएका हुन् ।
  • प्रधानमन्त्री बालेन साह संघीयता बलियो बनाउने पक्षमा रहेपनि उनकै दलका केही नेता समेत विपक्षमा रहेकाले ती नेताहरुको उक्साहटमा यस्तो दुःखद घटना हुन गएको उनले आरोप समेत लगाए ।
  • उनले संघीयताको जननी नै मधेश भएको भन्दै मधेशबाटै संघीयताको जग कमजोर पार्ने रणनीतिका साथ सुनसरी र सिरहामा हिंसात्मक घटना गराइएको दावी गरे ।
दैनिक समाचारदाता
राजविराज, १८ साउन ।
जनअधिकार पार्टीका राष्ट्रिय अध्यक्ष डा. शरतसिंह यादवले घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्ने मागसहित भविष्यमा यस्ता घटना पुनः दोहोरिन नदिन आवश्यक दिर्घकालिन र रणनीति बनाउनुपर्ने सरकारलाई सुझाव दिएका छन् ।
सोमबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी उनले सो माग गर्दै सरकारलाई यस्तो सुझाव दिएका हुन् ।
प्रधानमन्त्री बालेन साह संघीयता बलियो बनाउने पक्षमा रहेपनि उनकै दलका केही नेता समेत विपक्षमा रहेकाले ती नेताहरुको उक्साहटमा यस्तो दुःखद घटना हुन गएको उनले आरोप समेत लगाए ।
उनले संघीयताको जननी नै मधेश भएको भन्दै मधेशबाटै संघीयताको जग कमजोर पार्ने रणनीतिका साथ सुनसरी र सिरहामा हिंसात्मक घटना गराइएको दावी गरे ।
सुनसरी र त्यसपछि सिरहामा घटनास्थलका पं्रत्यक्षदर्शी र मृतकका आफन्तहरुलाई भेटेर गृहनगर राजविराज फर्किएका डा. यादव यादवले मुलुकमा अशान्ति मचाउने र संघीयता कमजोर पार्ने खेलमा लागेका विरुद्ध सबै सचेत हुनुपर्नेमा जोड दिए ।
उनले सुनसरीमा भएको हिंसात्मक घटना लगत्तै सरकारले देखाउनुपर्ने सक्रियतामा ढिलाई हुँदा मधेशभर हिंसा फैलिएको जिकिर गरे । “अव दशै तिहार र छठ लगायतका चाड पर्व आउन लागेको छ, उनले भने–पुनः यस्तो घटना दोहोरिन नदिन तथा समाजमा आपसी सदभाव कायम गर्न सबैले आ–आफ्नो ठाउँबाट इमान्दार प्रयास र भूमिका खेल्नु जरुरी छ ।”

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?