पक्राउ परेका १६ विद्यार्थी रिहा, गुन्जन अझै हिरासतमै

राजविराज राजविराज
|
बुधबार, आश्विन २९, २०७६
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  •     सोमबार दिउँसो राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका चिकित्सक बिरामी जाच्ने समयमा उपस्थित नभएको भन्दै बिरामीका आफन्त र विद्यार्थीहरुले अस्पतालमा तोडफोड गरेका थिए ।
  •       सोही विषयमा प्रहरीले गुन्जन झालाई पक्राउ समेत ग¥यो र पक्राउ गरिएको विषयमा विद्यार्थीहरुले मंगलबार प्रर्दशन गर्दा १६ जना विद्यार्थी पक्राउ गरेको थियो ।
  •       यता पक्राउ परेका विद्यार्थीहरुले बुधबार बिहान हिरासत कक्षमै आमरण अनसन सुरु गरेपछि बुधबार दिउँसो प्रहरीले उनीहरुलाई रिहा गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, २९ असोज । 
    अस्पतालमा भएको घटना र त्यसपछि उब्जिएको विवादमा प्रहरीले पक्राउ गरेको १६ जना विद्यार्थीलाई बुधबार दिउँसो रिहा गरेको छ । 
    सोमबार दिउँसो राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका चिकित्सक बिरामी जाच्ने समयमा उपस्थित नभएको भन्दै बिरामीका आफन्त र विद्यार्थीहरुले अस्पतालमा तोडफोड गरेका थिए । 
    सोही विषयमा प्रहरीले गुन्जन झालाई पक्राउ समेत ग¥यो र पक्राउ गरिएको विषयमा विद्यार्थीहरुले मंगलबार प्रर्दशन गर्दा १६ जना विद्यार्थी पक्राउ गरेको थियो । 
    यता पक्राउ परेका विद्यार्थीहरुले बुधबार बिहान हिरासत कक्षमै आमरण अनसन सुरु गरेपछि बुधबार दिउँसो प्रहरीले उनीहरुलाई रिहा गरेका छन् । पक्राउ परेका नेविसंघका विद्यार्थी नेता पाथो सरकार सहित १६ जना बुधबार विहानैदेखि हिरासतमा आमरण अनसन थालेका थिए । अनसन थालेको ६ घण्टा पछि उनीहरुलाई रिहा गरिएको छ । 
    पक्राउ परेका विद्यार्थीको रिहाईको माग गर्दै शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरीले आफुहरुलाई पक्राउ गरी संविधान प्रदत अधिकारमाथि अंकुश लगाएको भन्दै विद्यार्थीहरु हिरासत कक्षमै आमरण अनसन सुरु गर्नु परेको विद्यार्थी नेता पार्थो सरकारले बताए । 
    यद्यपि अस्पतालमा भएका तोडफोड घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका गुन्जन झालाई भने हिरासतमै राखिएको छ । उनीमाथि अभद्र व्यवहार र शैली विषय अन्तर्गत मुदा चलिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?