दैनिक समाचारदाता
राजविराज, ७ असोज ।
काठमाडौं उपत्यका विभिन्न स्थानबाट लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले सप्तरीका चारसहित आठ जनालाई लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सप्तरीको राजविराज नगरपालिका ८ का २७ वर्षीय चन्दन यादव, बलान बिहुल गाउँपालिका १ का २० वर्षीय निकेश यादव, सुरूङ्गा नगरपालिका ६ का २६ वर्षीय अन्जनी नन्दन चौधरी र छिन्नमस्ता गाउँपालिका ३ का २५ वर्षीय विक्रम कुमार शर्मा छन् ।
पक्राउ पर्नेहरू अन्य चारजना सिराहा लहान नगरपालिका १५ का २३ वर्षीय सुशान्त चौधरी, रसुवा कालिका गाउँपालिका ५ का ३३ वर्षीय सुवास बर्देवा, सुनसरी धरान उपमहानगरपालिका ८ का ४० वर्षीय कालु सिंह मगर र हरिनगर गाउँपालिका १ का ३७ वर्षीय पवन दास छन् ।
उनीहरुको साथबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ४८ ग्राम ७ सय ६० मिलिग्राम, नगद ३ लाख २० हजार रूपैयाँ र तराजु ५ थान बरामद भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
० प्रतिक्रिया