दैनिक समाचारदाता
राजविराज, १८ मंसिर ।
सप्तरी उद्योग बाणिज्य संघको तीन वर्षे कार्यकाल सम्पन्न भएपनि पुरानो कार्य समितिले अधिवेशन नगराई कार्य गर्दै आइरहेको भन्दै संघका ५३ जना साधारण सदस्यहरुले वर्तमान कार्य समितिलाई कार्य नगर्न भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा बुधबार ज्ञापन बुझाएको छ ।
बुझाइएको ज्ञापनमा बि.स. २०७० सालमा निर्वाचन सम्पन्न भई तीन वर्षे कार्यकालका लागि समिति चयन भएपनि हाल सोही समितिको झण्डै ६ वर्ष बित्न लाग्दा समेत साधारण सभा तथा निर्वाचन नगरी लोकतान्त्रिक मुल्य मान्यता तथा विधान विपरीत काम गर्दै आइरहेको उल्लेख छ ।
संघ अध्यक्षलाई बारम्बार साधारण सभा गराउन आग्रह गर्दा समेत वास्ता नगरि आफ्नै ढंगले कार्य गर्दै आइरहेको भन्दै वर्तमान कार्य समितिलाई कुनै पनि कार्य नगर्नु भनी आदेश जारि गर्न ज्ञापन मार्फत आग्रह गरिएको छ ।
त्यस्तै भंसारबाट हुने चोरी पैठारीका कारण जिल्लाको व्यापार समाप्त हुनुका साथै राजश्व समेत चुहावट भइरहेको स्मरण गराउँदै सो कार्य रोक्न आवश्यक कारवाहीका लागि माँग गरिएको छ ।
संघका साधारण सदस्यहरु सुरेश कुमार सिंह, अमृत संचेती, अमित सिंह, रमेश कुमार साह, श्यामबाबु साह, हेमनारायण साह, देवनारायण दास, रिजवान, सन्तोष सिंह, बिन्दि साह, दिपक कुमार साहलगायत ५३ जनाको हस्ताक्षर रहेको ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाई बुझाइएको छ ।
यसैबीच ज्ञापन पत्र बुझ्दै प्रजिअ पौडेलले भंसारबाट हुने चोरी पैठारी बारे प्रहरी प्रशासनसँग छलफल गरि आवश्यक कदम उठाउने प्रतिबद्धता जनाउँदै संघको कार्य समितिबारे कुनै आश्वासन समेत नदिएको एक व्यापारीले बताए ।
सप्तरी उद्योग बाणिज्य संघको कार्यसमितिलाई कार्य नगर्न भन्दै जिल्ला प्रशासनमा ज्ञापन, तीन वर्षे कार्यकाल झण्डै ६ वर्षसम्म निरन्तर
सारांश
- बुझाइएको ज्ञापनमा बि.
- स.
- २०७० सालमा निर्वाचन सम्पन्न भई तीन वर्षे कार्यकालका लागि समिति चयन भएपनि हाल सोही समितिको झण्डै ६ वर्ष बित्न लाग्दा समेत साधारण सभा तथा निर्वाचन नगरी लोकतान्त्रिक मुल्य मान्यता तथा विधान विपरीत काम गर्दै आइरहेको उल्लेख छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया