राजविराजमा अनलाइन प्रणालीबाट भत्ता बितरण गरिँदै 

राजविराज राजविराज
|
बिहिबार, मंसिर २६, २०७६
|
|
२२ पटक हेरिएको
Shares
राजविराजमा अनलाइन प्रणालीबाट भत्ता बितरण गरिँदै 

सारांश

  •     चालु आ.
  • ब.
  • २०७६÷७७ को साउनदेखी कात्तिक महिनासम्मको प्रथम चौमासिक भत्ता वापतको रकम राजविराज नगरपालिकाले यसरी बैंक मार्फत अनलाइन प्रणालीबाट बितरण गरेको हो ।

नवीनकुमार गुप्ता
राजविराज, २६ मंसिर । 
    राजविराज नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बितरण कार्यलाई चुस्तदुरुस्त गर्ने उद्देश्यले अनलाइन प्रणालीबाट बितरणको सुरुवात गरेको छ । 
    चालु आ.ब. २०७६÷७७ को साउनदेखी कात्तिक महिनासम्मको प्रथम चौमासिक भत्ता वापतको रकम राजविराज नगरपालिकाले यसरी बैंक मार्फत अनलाइन प्रणालीबाट बितरण गरेको हो । यसअघि सो भत्ता वडा सचिव मार्फत नगदै बितरण गरिदै आइएको थियो । यसरी नगदै बितरण गर्दा कतिपय स्थानमा भ्रष्टचार समेत भएको देखिएको थियो ।
    राजविराज नगरपालिकाको १६ वटै वडाका ३ हजार ८ सय ८६ जनालाई सामाजिक सुरक्षा भत्ता बैंक मार्फत अनलाइन प्रणालीबाट बितरण भइरहेको सामाजिक विकास शाखाका सहायक प्रमुख अजय साहले जानकारी दिएका छन् । 
    शाखाका सहायक प्रमुख साहका अनुसार राजविराज नगरपालिकाको १६ वटै वडा मध्ये सबैभन्दा बढी वडा नं. १ का ४ सय ७९ जना तथा सबै भन्दा कम वडा नं. ३ का ८७ जनाले सामाजिक सुरक्षा भत्ता पाइरहेका छन् । 
    उनले ती सबै व्यक्तिहरुले विभिन्न बैंकमार्फत सो भत्ता लिन सक्ने प्रावधान मिलाइएको र सो कार्यको राष्ट्रिय परिचयपत्र तथा पंजिकरण विभागले निगरानी समेत गरिरहेको जानकारी दिए ।
    सरकारले सामाजिक सुरक्षा भत्ता अन्तरगत जेष्ठ नागरिक, जेष्ठ नागरिक दलित, एकल महिला, विधवा, लोकोन्मूख आदिवासी र जनजाती, पूर्ण अपाङ्ग र अति असशक्त अपाङ्गता भएकाहरुलाई भत्ता स्वरुपको रकम प्रदान गर्दै आइरहेको हो ।  
    राजविराज नगरपालिकाको १६ वटै वडामा गरि लोपोन्मूख आदिवासी र जनजाती शिर्षक मध्ये वडा नं. २ मा मात्र बसोवास गर्ने पत्थरकट्टा जातीका जम्मा १० जनाले सामाजिक सुरक्षा भत्ता पाइरहेका छन् । 
    सरकारले भत्ताका लागि वर्गिकरण गरेको मध्येबाट लोपोन्मूख आदिवासी र जनजातीका लागि प्रति महिना ३ हजारको दरले चौमासिक रुपमा १२ हजार रुँपैया भत्ता प्रदान गरिरहेको छ । यस्तै १६ वटै वडामा १ सय ५७ जना पूर्ण अपाङ्ग र १ सय जना अति असशक्त अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता भत्ता उपलब्ध भइरहेको शाखाका सहायक प्रमुख साहले बताए । 
    जस अन्तरगत ७० वर्ष पुगेका जेष्ठ नागरिकलाई २ हजार र एक हजार उपचार खर्च गरि प्रति महिना ३ हजारको दरले एकमुष्ट १२ हजार चौमासिक बैंक मार्फत प्रदान गर्ने गरिएको छ । त्यस्तै जेष्ठ नागरिक दलितलाई भने ६० वर्ष पुगेपश्चात् २ हजार प्रति महिनाको दरले एकमुष्ट ८ हजार रकम चौमासिक रुपमा पाउदैछन् । 
    यसैगरि ६० वर्ष र सम्बन्ध विच्छेद गरेका एकल महिलाको हकमा सरकारले २ हजार प्रति महिनाको चौमासिक ८ हजार प्रदान गर्दैछ । त्यस्तै विधवाको हकमा सरकारले २ हजार प्रति महिनाको दरले ८ हजार, पूर्ण अपाङ्गलाई ३ हजारको प्रति महिनाको दरले १२ हजार तथा अति असशक्त अपाङ्गको हकमा १ हजार ६ सय प्रति महिनाको दरले ६ हजार ४ सय भत्ता प्रदान गरिदैछ । 
    यता वडा नं. २ का १ सय ४४ जना, वडा नं. ४ का १ सय ६८ जना, वडा नं. ५ का १ सय ९ जना, वडा नं. ६ का २ सय ७० जना, वडा नं. ७ का २ सय ६४ जना र वडा नं. ८ का १ सय ११ जनाले सामाजिक सुरक्षा भत्ता पाइरहेको उनले बताए । 
    त्यस्तै वडा नं. ९ का ४ सय २, वडा नं. १० का ३ सय ८६ जना, वडा नं. ११ का २ सय ६२ जना, वडा नं. १२ का २ सय ६९ जना, वडा नं. १३ का ३ सय २ जना, वडा नं. १४ का १ सय ८३ जना, वडा नं. १५ का २ सय ५ जना र वडा नं. १६ का २ सय ४५ जनाले भत्ता प्राप्त गरिरहेको उनले जानकारी दिए । 
    राजविराज नगरपालिका वडा नं. १ देखी ८ सम्मका व्यक्तिले राष्ट्रिय बाणिज्य बैंक, ९ र १० वडाका व्यक्तिले एसबिआई बैंक, ११ र १६ वडाका सनराइज बैंक, १२, १३ र १५ नं. वडाका सेन्चुरी बैंक तथा १४ नं. वडाका व्यक्तिले सानिमा बैंक मार्फत सो भत्ता वापतको रकम उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समाजवादी पार्टीमा हजारौं प्रवेश
समाजवादी पार्टीमा हजारौं प्रवेश
रेणु यादवले फोरमको सम्पूर्ण जिम्मेवारीबाट दिइन् राजीनामा
रेणु यादवले फोरमको सम्पूर्ण जिम्मेवारीबाट दिइन् राजीनामा
३४ विपन्न तथा दुई हात्ती पीडित परिवारलाई राहत वितरण
३४ विपन्न तथा दुई हात्ती पीडित परिवारलाई राहत वितरण
चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
आइडियलको शेयर पूजी पुग्यो ११ करोड ३० लाख
आइडियलको शेयर पूजी पुग्यो ११ करोड ३० लाख
कांग्रेसका १६ जिल्लाको अधिवेशन माघ १५ मा हुने
कांग्रेसका १६ जिल्लाको अधिवेशन माघ १५ मा हुने
राजविराज भन्सार कार्यालयद्वारा लक्ष्य भन्दा ३९ प्रतिशत कम राजश्व संकलन 
राजविराज भन्सार कार्यालयद्वारा लक्ष्य भन्दा ३९ प्रतिशत कम राजश्व संकलन 
दुध उत्पादन र बिक्रि गर्ने स्थानमा अनुगमन
दुध उत्पादन र बिक्रि गर्ने स्थानमा अनुगमन
हटाइयो सिरहा रोडको अतिक्रमित संरचना,  अब कंचनपुर रोड, हटिया प्रवेश गर्ने भित्री सडक तथा कारागारको अतिक्रमण हटाउने तैयारी
हटाइयो सिरहा रोडको अतिक्रमित संरचना,  अब कंचनपुर रोड, हटिया प्रवेश गर्ने भित्री सडक तथा कारागारको अतिक्रमण हटाउने तैयारी
राजपाद्वारा ज्यान मार्न हमला गरेका तथा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कारवाहीको माँग (विज्ञप्तिसहित)
राजपाद्वारा ज्यान मार्न हमला गरेका तथा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कारवाहीको माँग (विज्ञप्तिसहित)