पत्रकार महासंघले राजनीतिक दल, सुरक्षाकर्मी र कर्मचारीको सदस्यता नविकरण नगर्ने

राजविराज राजविराज
|
बिहिबार, पौष ३, २०७६
|
|
४२ पटक हेरिएको
Shares

सारांश

  •     महासंघको गत मंसिर २९ र ३० गते गण्डकी प्रदेश अन्तर्गत नवलपरासी (पूर्व) नवलपुरमा भएको केन्द्रीय संगठन समितिको बैठकले सो निर्णय गरेको हो ।
  •     सोही बैठकले पत्रकार महासंघको संगठन सुद्धीकरण अभियानलाई अझ प्रभावकारी ढंगबाट अघि बढाउने भन्दै उक्त निर्णय गरेको जनाइएको छ ।
  •       महासंघका अध्यक्ष गोविन्द आचार्य, उपाध्यक्ष विपुल पोखरेल, महासंघका महासचिव रमेश विष्ट, सचिव रामप्रसाद दाहाल, प्रकास थापा, कोषाध्यक्ष राजेश मिश्रसहितका पदाधिकारी, जिल्ला एवम् प्रदेश अध्यक्षसहितको सहभागितामा भएको भेलाले उक्त निर्णय लिएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दैनिक समाचारदाता
काठमाडौं, २ पुस । 
    नेपाल पत्रकार महासंघले तिनै तहका निर्वाचित जनप्रतिनिधि, सुरक्षा निकायका पदाधिकारी, कर्मचारी, राजनैतिक दलका केन्द्र, प्रदेश र जिल्ला तहका पदाधिकारीको सदस्यता नविकरण नगर्ने निर्णय गरेको छ । 
    महासंघको गत मंसिर २९ र ३० गते गण्डकी प्रदेश अन्तर्गत नवलपरासी (पूर्व) नवलपुरमा भएको केन्द्रीय संगठन समितिको बैठकले सो निर्णय गरेको हो ।
    सोही बैठकले पत्रकार महासंघको संगठन सुद्धीकरण अभियानलाई अझ प्रभावकारी ढंगबाट अघि बढाउने भन्दै उक्त निर्णय गरेको जनाइएको छ । 
    महासंघका अध्यक्ष गोविन्द आचार्य, उपाध्यक्ष विपुल पोखरेल, महासंघका महासचिव रमेश विष्ट, सचिव रामप्रसाद दाहाल, प्रकास थापा, कोषाध्यक्ष राजेश मिश्रसहितका पदाधिकारी, जिल्ला एवम् प्रदेश अध्यक्षसहितको सहभागितामा भएको भेलाले उक्त निर्णय लिएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
    नक्कली र पेशामा नरहेका कथित पत्रकारका कारण पत्रकारितालाई नै मुल व्यवसाय बनाएर जिविकोपार्जन गर्ने श्रमजिवीको अपमान र बदनाम भएको भन्दै पछिल्लो समय गंभिर चिन्ता उठ्दै आएको सन्दर्भमा महासंघबाट यस्तो निर्णय भएको जनाइएको छ । 
    महासंघको गोरखा बैठकले नयाँ सदस्यता प्राप्ति तथा सदस्यता नवीकरण सम्बन्धी पारित कार्यविधीमा आगामी पुष मसान्तसम्म शाखा मार्फत नयाँ सदस्यताको आवेदन लिई माघ १५ गतेसम्म शाखाले अनुमोदनका लागि प्रदेश समितिमा शिफारिस गरी पठाउने र प्रदेश समितिले फागुन १५ सम्म केन्द्रीय समितिमा पठाउने निर्णयसमेत भएको महासंघले जनाएको छ ।
    महासंघको गत साधारण सभाबाट पारित विधानको व्यवस्था अनुसार महासंघका तिनवटै तहको निर्वाचन प्रत्यक्ष निर्वचन प्रणालीमार्फत गर्नुपर्ने भएकाले हाल कार्यरत जिल्ला शाखाका पदाधिकारी तथा सदस्यहरुको म्याद केन्द्रीय समितिको कार्यकाल रहेसम्म रहने निर्णयसमेत गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तरुण दलको कुनै समिति नरहेको र नेविसंघको अध्यक्षमा घनानन्द नै रहेको काँग्रेसको प्रष्टोक्ती
तरुण दलको कुनै समिति नरहेको र नेविसंघको अध्यक्षमा घनानन्द नै रहेको काँग्रेसको प्रष्टोक्ती
प्रदेश सरकारले अग्निपीडितका लागि  आवास बनाइदिने ः मुख्यमन्त्री यादव
प्रदेश सरकारले अग्निपीडितका लागि  आवास बनाइदिने ः मुख्यमन्त्री यादव
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा कोभिडका कारण ज्यान गुमाएका ब्यक्तिको बालबालिकाको अध्ययनका लागि मासिक एक हजार सहयोग गर्ने
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा कोभिडका कारण ज्यान गुमाएका ब्यक्तिको बालबालिकाको अध्ययनका लागि मासिक एक हजार सहयोग गर्ने
मोटरसाइकल र ठूलो मात्रामा लागुऔषधसहित पाँच जना पक्राउ
मोटरसाइकल र ठूलो मात्रामा लागुऔषधसहित पाँच जना पक्राउ
एनपिएल बिजेता टोलीलाई नगदसहित सम्मान
एनपिएल बिजेता टोलीलाई नगदसहित सम्मान
चिसो र लामखुट्टेबाट जोगाउन बालिएको घुरमा जलेर बृद्धको मृत्यु 
चिसो र लामखुट्टेबाट जोगाउन बालिएको घुरमा जलेर बृद्धको मृत्यु 
जनसंख्याका आधारमा दलितलाई प्रतिनिधित्व गराउनु पर्नेमा जोड
जनसंख्याका आधारमा दलितलाई प्रतिनिधित्व गराउनु पर्नेमा जोड
प्रहरीद्वारा विद्यार्थीलाई लागु औषध बिरुद्ध प्रशिक्षण
प्रहरीद्वारा विद्यार्थीलाई लागु औषध बिरुद्ध प्रशिक्षण
उद्योग व्यवसायीको विकासका लागि  लगानीमैत्री नीति र वातावरण  आवश्यक ः मुख्यमन्त्री राउत
उद्योग व्यवसायीको विकासका लागि  लगानीमैत्री नीति र वातावरण  आवश्यक ः मुख्यमन्त्री राउत
घरायसी विवादका कारण एसईईको तयारीमा रहेकी किशोरीद्वारा आत्महत्या
घरायसी विवादका कारण एसईईको तयारीमा रहेकी किशोरीद्वारा आत्महत्या

छुटाउनुभयो कि ?

हात्ती हिड्ने बाटोमा मानवबस्ती बिस्तार भएकाले बस्ती जोखिममा ः आरक्ष निमित्त प्रमुख सिवाकोटी

हात्ती हिड्ने बाटोमा मानवबस्ती बिस्तार भएकाले बस्ती जोखिममा ः आरक्ष निमित्त प्रमुख सिवाकोटी

सबै भन्दा बढी पत्रपत्रिका प्रकाशन हुने  जिल्ला काठमाडौंपछी सप्तरी दोश्रो

सबै भन्दा बढी पत्रपत्रिका प्रकाशन हुने  जिल्ला काठमाडौंपछी सप्तरी दोश्रो

आमसञ्चार प्राधिकारण मधेशबाटै एफएम रेडियो तथा टेलिभिजनको दर्ता, नवीकरणलगायतका कार्य हुने 

आमसञ्चार प्राधिकारण मधेशबाटै एफएम रेडियो तथा टेलिभिजनको दर्ता, नवीकरणलगायतका कार्य हुने 

अध्यक्षमा दोहोरिए लालु, सप्तरी उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

अध्यक्षमा दोहोरिए लालु, सप्तरी उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

सप्तरीका चारसहित आठ जना लागूऔषध खैरो हेरोइनसहित पक्राउ 

सप्तरीका चारसहित आठ जना लागूऔषध खैरो हेरोइनसहित पक्राउ 

पोखरी संरक्षण तथा सौन्दर्यीकरणको काम अघि बढ्दै

पोखरी संरक्षण तथा सौन्दर्यीकरणको काम अघि बढ्दै

विष्णुपर गाउँपालिका वडा १ को कार्यालय भवन उद्घाटन 

विष्णुपर गाउँपालिका वडा १ को कार्यालय भवन उद्घाटन 

लोककल्याणकारी विज्ञापनबिरुद्ध  ल्याइएको कार्यविधी खारेजीको माग

लोककल्याणकारी विज्ञापनबिरुद्ध  ल्याइएको कार्यविधी खारेजीको माग