दैनिक समाचारदाता
राजविराज, १५ पुस ।
विगत ६ महिनादेखी सामाजिक सुरक्षा भत्ता उपलब्ध नगराएको भन्दै मंगलबार सप्तरीको छिन्नमस्ता गाउँपालिका कार्यालयमा प्रदर्शन, धर्ना तथा घेराउ गरिएको छ ।
समयमै गाउँ परिषद् सम्मपन्न गर्न नसक्दा सो गाउँपालिकाबाट बितरण गरिने सामाजिक सुरक्षा भत्ता गत साउन महिनादेखी बितरण हुन सकेको छैन् ।
स्थानियहरुले धर्ना र घेराउ गरेपछि मंगलबार दिनभर छिन्नमस्ता गाउँपालिका कार्यालय क्षेत्र तनावग्रस्त बनेको थियो ।
स्थानियले गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषा मण्डल बिरुद्ध चर्को नाराबाजी गर्दै धर्ना र घेराउ थालेपपिछ स्थति तनावग्रस्त बनेको हो ।
यसैबीच सामाजिक सुरक्षा भत्ताबाट बञ्चित तथा उनका आफन्तहरुले करिब एक घण्टासम्म अध्यक्ष र उपाध्यक्षलाई कार्यालय भित्रै थुनेपछि सुरक्षाका लागि पुगेको प्रहरीले सामान्य बल प्रयोग गरि भिडलाई तितर बितर पारेको थियो ।
सो क्रममा भएको भागाभागमा लडेर एक महिला घाइते भएकी छिन् । भिंड तितर बितर भएपछि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई प्रहरीले सुरक्षा दिएर घर पु¥याएको प्रहरी उपरिक्षक कृष्ण प्रसाईले बताए ।
परिषद् अविलम्ब गर्नुपर्ने, सामाजिक सुरक्षा भत्ता तत्काल उपलब्ध गराउनु पर्ने, उपभोक्ता समितिद्वारा सम्पन्न भइसकेका कामहरुको भुक्तानी हुनुपर्ने तथा विभिन्न अनियमितताको छानबिन हुनुपर्ने लगायतका १४ बुँदे माँग सार्दै नेकपाको अगुवाईमा थालिएको आन्दोलन माँग पुरा नभएसम्म जारि रहने बताइको छ ।
सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै छिन्नमस्तामा प्रदर्शन
सारांश
- समयमै गाउँ परिषद् सम्मपन्न गर्न नसक्दा सो गाउँपालिकाबाट बितरण गरिने सामाजिक सुरक्षा भत्ता गत साउन महिनादेखी बितरण हुन सकेको छैन् ।
- स्थानियहरुले धर्ना र घेराउ गरेपछि मंगलबार दिनभर छिन्नमस्ता गाउँपालिका कार्यालय क्षेत्र तनावग्रस्त बनेको थियो ।
- स्थानियले गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषा मण्डल बिरुद्ध चर्को नाराबाजी गर्दै धर्ना र घेराउ थालेपपिछ स्थति तनावग्रस्त बनेको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया