दैनिक समाचारदाता
सिरहा, २३ माघ ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार तराई–मधेश विकास र समृद्धिमा लागि परेको बताएका छन् ।
सिरहाको सखुवानन्कारकट्टीमा बिहीबारदेखी सुरु भएको झण्डा मेलाको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् ।
उनले भने, ‘तराई–मधेस बिनाको पहाड रपहाड बिनाको तराई मधेसको कल्पना गर्न सकिन्न । इतिहासदेखि नै काठमाडौं र तराई–मधेसका संस्कृति र सम्पदा अभिन्न रुपले गाँसिएका छन् ।’
उनले मधेश संगको प्रेम टुट्न नदिने भन्दै तराईका सवै जनताको माया पारेर देशको नेतृत्व समेत गरेको बताए ।
प्रदेश २ मा सिंचाईको प्रमुख समस्या रहेको भन्दै उनले कोशी–कमला डाइभर्सन निर्माणको काम चाँडै अगाडी बढ्ने बताए । त्यस्तै हुलाकी सडक समेत तिब्र गतिमा निर्माण भइरहेको र निर्माण पुरा भएपछि यस क्षेत्रमा नयाँ खुशीयाली आउने उनले जिकिर गरे ।
एक फरक प्रसङ्गमा अध्यक्ष प्रचण्डले संविधान संशोधन गर्नमा पार्टी सकारात्मक रहेको दावी गर्दै आवश्यकता बमोजिम संविधान परिमार्जन गर्दै लैजाने संविधानले नै व्यवस्था गरेकोले आवश्यकता बमोजिम परिमार्जन हुने कुरामा सबैलाई विश्वस्त रहन आग्रह गरे ।
मेलाको उद्घाटन समारोहमा नेकपाका केन्द्रिय सदस्य मातृका प्रसाद यादब, नेकपाका केन्द्रिय सदस्य अजय शंकर नायक, नेकपा जिल्ला अध्यक्ष तथा प्रदेश सांसद राम कुमार यादव, सखुवानन्कारकट्टी गापा प्रमुख केदार यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए । मेला १० दिनसम्म चल्नेछ ।
सरकार तराई–मधेश विकास र समृद्धिमा लागि परेको छ ः प्रचण्ड
सारांश
- सिरहाको सखुवानन्कारकट्टीमा बिहीबारदेखी सुरु भएको झण्डा मेलाको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् ।
- उनले भने, ‘तराई–मधेस बिनाको पहाड रपहाड बिनाको तराई मधेसको कल्पना गर्न सकिन्न ।
- इतिहासदेखि नै काठमाडौं र तराई–मधेसका संस्कृति र सम्पदा अभिन्न रुपले गाँसिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया