दैनिक समाचारदाता
राजविराज, २९ माघ ।
सप्तरीको सुरुङ्गा नगरपालिका ५ कुशहास्थित खेलमैदानमा सञ्चालित दशौं पचशिल्ड फुटबल प्रतियोगिता २०७६ को उपाधी मोतिगाडा उदयपुर फुटबल क्लब मोतिगाडा उदयपुरले हात पारेको छ ।
प्रतियोगिता अन्तर्गत बुधवार सम्पन्न फाईनल खेलमा पानबारी फुटबल क्लब पानबारी सिरहालाई टाईब्रेकरमा २ का बिरुद्ध ३ गोलले पराजित गर्दै मोतिगाडाले उपाधी हात पारेको हो ।
निर्धारित समयमा दुबै टीमबाट गोल हुन नसकेपपछि खेलको निर्णय टाईब्रेकरबाट लिएको थियो । उपाधीसँगै उदयपुरले नगद रु ५१ हजार तथा शिल्ड हात पारेको छ भने उपबिजेता पानबारीले नगद रु ३५ हजार कपमा चित बुझाएका छन् ।
प्रतियोगिताको म्यान अफ द सिरिज मोतिगाडाका प्रबिण राई घोषित भएका छन् । प्रतियोगिता पश्चात् आयोजित पुरस्कार बितरण तथा समापन कार्यक्रममा प्रतिनिधिसभा सांसद तेजुलाल चौधरी, सुरुङगा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरीले पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए ।
स्पोर्टस एकेडेमी सुरुङ्गा ५ कुशहाको आयोजनामा शुरु भएको प्रतियोगितामा सप्तरी र सिरहाका बिभिन्न १० क्लबको सहभागिता रहेको थियो ।
मोतिगाडालाई पञ्चशिल्ड प्रतियोगिताको उपाधी
सारांश
- प्रतियोगिता अन्तर्गत बुधवार सम्पन्न फाईनल खेलमा पानबारी फुटबल क्लब पानबारी सिरहालाई टाईब्रेकरमा २ का बिरुद्ध ३ गोलले पराजित गर्दै मोतिगाडाले उपाधी हात पारेको हो ।
- निर्धारित समयमा दुबै टीमबाट गोल हुन नसकेपपछि खेलको निर्णय टाईब्रेकरबाट लिएको थियो ।
- उपाधीसँगै उदयपुरले नगद रु ५१ हजार तथा शिल्ड हात पारेको छ भने उपबिजेता पानबारीले नगद रु ३५ हजार कपमा चित बुझाएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया