मुस्लिमहरुको इज्तिमाका लागि ५० हजार भन्दा बढी सहभागी आई पुगे

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन २, २०७६
|
|
४१ पटक हेरिएको
Shares
मुस्लिमहरुको इज्तिमाका लागि ५० हजार भन्दा बढी सहभागी आई पुगे

सारांश

  •     नेपाल र भारत बाहेक अन्य मुलुकका मुस्लिमहरुलाई कार्यक्रममा सहभागी नगराईने प्रतिबद्घता आयोजकले जनाएपछि गृहमन्त्रालयले कार्यक्रम गर्ने आदेश दिएको हो ।
  •       यस अघि अघिल्लो दिन विहिबार फागुन ३ देखि ५ सम्म हुने भनिएको सो कार्यक्रममा अन्य मुलुकबाट पनि सहभागी आउन थालेपछि गृह मन्त्रालयले स्थानिय प्रशासन मार्फत कार्यक्रम गर्न रोक लगाउने निर्देशन दिएको थियो ।
  •       यता आयोजक समितिका संयोजक मो.

दैनिक समाचारदाता
राजविराज, २ फागुन । 
    सप्तरीको बोदेबर्साइन नगरपालिका ५ जाँजरमा शनिबारदेखि तीन दिने इस्लामिक धार्मिक कार्यक्रम (इज्तिमा) मा हजारौं मुस्लिम सहभागि आउने क्रम जारि छ । 
    नेपाल र भारत बाहेक अन्य मुलुकका मुस्लिमहरुलाई कार्यक्रममा सहभागी नगराईने प्रतिबद्घता आयोजकले जनाएपछि गृहमन्त्रालयले कार्यक्रम गर्ने आदेश दिएको हो । 
    यस अघि अघिल्लो दिन विहिबार फागुन ३ देखि ५ सम्म हुने भनिएको सो कार्यक्रममा अन्य मुलुकबाट पनि सहभागी आउन थालेपछि गृह मन्त्रालयले स्थानिय प्रशासन मार्फत कार्यक्रम गर्न रोक लगाउने निर्देशन दिएको थियो । 
    यता आयोजक समितिका संयोजक मो. गफुरले कार्यक्रममा नेपाल तथा भारतका मुस्लिम धर्माबलम्बीहरुलाई मात्र आमन्त्रण गरिएकोेमा तेस्रो मुलुकका मुस्लिम समुदायहरु आउनुमा आफुहरुको कुनै दोष नरहेको दावी गर्दै नेपाल र भारत बाहेक अन्य मुलुकका मुस्लिमलाई सहभागी नगराईने प्रतिबद्घता जनाएपछि प्रशासनले कार्यक्रम शान्तिपूर्ण ढंगले सम्पन्न गर्न अनुमति प्रदान गरेको जानकारी दिएका छन् । 
    धार्मिक कार्यक्रकमा भाग लिन आएका पाहुनाहरुलाई घर भित्र नआउ भन्नै कठिन भएको सुनाउँदै उनले सरकारको दवाव झेल्न नसकि बाध्य भई फिर्ता जान भनेको सुनाए । धार्मिक कार्यक्रम इज्तिमा गर्न सरकारले बातावरण बनाउन सहयोग गर्नुको सट्टा अनावश्यक तनाव दिएको उनको भनाई छ । 
    यता प्रमुख जिल्ला अधिकारी सुनिल खनालले कार्यक्रममा नेपाल र भारतका मुस्लिम मात्र उपस्थित हुने भनिएपनि अन्य मुलुकबाट समेत सहभागी आउन थालेपछि कार्यक्रम रोक्न गृह मन्त्रालयबाट निर्देशन आएको र सोही अनुसार आफुले पहल गरेको बताए । 
    अहिले कार्यक्रम स्थलमा कुनै अप्रिय घटना हुन नदिन नेपाल र सशस्त्र प्रहरीका गरी ५ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।     कार्यक्रम स्थलमा २१ लाख ६० हजार स्क्वायर फिटको पण्डाल निर्माण गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि एवं प्रमुख प्रबचनकर्ता भारतको दिल्लीस्थित मर्कट जाने मस्जिदका मौलाना मो. साद पनि पुगि सकेका छन् । 
    यसका साथै नेपाल तथा भारतका विभिन्न शहरका मौलाना तथा मुस्लिम समुदायका अगुवा गरी शुक्रबार साझ सम्ममा ५० हजार भन्दा बढी मुस्लिम धर्माबलम्बीहरु यहाँ आई पुगेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ग्राहक बनेर पसलहरुमा चोरी गर्ने व्यक्तिको खोजी गर्दै प्रहरी
ग्राहक बनेर पसलहरुमा चोरी गर्ने व्यक्तिको खोजी गर्दै प्रहरी
कसैले पार्टीबाटै त कसैले स्वतन्त्र रुपमै दिए दुबै गठबन्धनबिरुद्ध उम्मेदवारी   
कसैले पार्टीबाटै त कसैले स्वतन्त्र रुपमै दिए दुबै गठबन्धनबिरुद्ध उम्मेदवारी   
भैसीपालनमा बृद्वि गर्ने उद्देश्यले भैंसी प्रजनन् सम्बन्धी स्वास्थ शिविर 
भैसीपालनमा बृद्वि गर्ने उद्देश्यले भैंसी प्रजनन् सम्बन्धी स्वास्थ शिविर 
संसद विघटन बिरुद्ध सप्तरी काँग्रेस सडकमा
संसद विघटन बिरुद्ध सप्तरी काँग्रेस सडकमा
तिलाठीका सम्पूर्ण विद्यालयका शिक्षकलाई विपद् व्यवस्थापन सम्बन्धी तालिम दिइदै
तिलाठीका सम्पूर्ण विद्यालयका शिक्षकलाई विपद् व्यवस्थापन सम्बन्धी तालिम दिइदै
सात महिनादेखी लगाइएको तालाबन्दी खोलाउन खेलाडीहरुले बुझाए ध्यानाकर्षण पत्र
पुर्ण साक्षर प्रदेश बनाउन मधेश प्रदेशमा  अभियान चलाइदै ः शिक्षा मन्त्री यादव
पुर्ण साक्षर प्रदेश बनाउन मधेश प्रदेशमा  अभियान चलाइदै ः शिक्षा मन्त्री यादव
पुस १ देखी ५ सम्म विद्युत महसुल काउन्टर बन्द रहने
पुस १ देखी ५ सम्म विद्युत महसुल काउन्टर बन्द रहने
आइसोलेशनमा एक महिला तथा चार भारतियसहित २ सय ६८ क्वारेन्टाइनमा
आइसोलेशनमा एक महिला तथा चार भारतियसहित २ सय ६८ क्वारेन्टाइनमा
गाई हत्याविरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन