मंसापुर र तोपा बिजयी 

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन १६, २०७६
|
|
२४ पटक हेरिएको
Shares
मंसापुर र तोपा बिजयी 

सारांश

  •     सप्तरी क्रिकेट संघ संघको सहकार्य तथा तिलाठी कोईलाडी गाउँपालिकाको आयोजनामा कट्टी माबिको मैदानमा संचालित क्रिकेट प्रतियोगितामा मंसापुरले तिलाठीलाई ४६ रनले तथा तोपाले लौनियालाई २ बिकेटले पराजित गरेको हो ।
  •     शुक्रवार सम्पन्न पहिलो खेलमा तिलाठीले टस जिती मंसापुरलाई ब्याटिंग गर्ने निम्तो दिएपछि ब्याटिंगका लागि ओर्लेको मंसापुरले निर्धारित २० ओभरको खेलमा १५ ओभर २ बलमा सम्पुर्ण बिकेट गुमाई ८३ रनको योगफल तयार पारेका थिए ।
  • मंसापुरका लागि धिरज मण्डल १९ र सुबोध मण्डल ११ बाहेक कुनै खेलाडिले दोहोरो अंक छुन सकेका थिएन ।

दैनिक समाचारदाता
राजविराज, १६ फागुन । 
    तिलाठी कोइलाडी गाउँपालिकामा संचालित स्व. गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न खेलमा मंसापुर र तोपा बिजयी भएका छन् । 
    सप्तरी क्रिकेट संघ संघको सहकार्य तथा तिलाठी कोईलाडी गाउँपालिकाको आयोजनामा कट्टी माबिको मैदानमा संचालित क्रिकेट प्रतियोगितामा मंसापुरले तिलाठीलाई ४६ रनले तथा तोपाले लौनियालाई २ बिकेटले पराजित गरेको हो ।
    शुक्रवार सम्पन्न पहिलो खेलमा तिलाठीले टस जिती मंसापुरलाई ब्याटिंग गर्ने निम्तो दिएपछि ब्याटिंगका लागि ओर्लेको मंसापुरले निर्धारित २० ओभरको खेलमा १५ ओभर २ बलमा सम्पुर्ण बिकेट गुमाई ८३ रनको योगफल तयार पारेका थिए । मंसापुरका लागि धिरज मण्डल १९ र सुबोध मण्डल ११ बाहेक कुनै खेलाडिले दोहोरो अंक छुन सकेका थिएन । बलिंग तर्फ तिलाठिका मिहिर मिश्रा र चन्दन साहले सामान ४ बिकेट लिएका थिए भने रोशन यादवले २ बिकेट लिएका थिए । 
    ८४ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको तिलाठी प्रतियोगिताकै न्युन स्कोर ३७ रनमै ११ ओभर ३ बलमा समेटिएको थियो । तिलाठीमा सस्तोमा समेटन मंसापुरका सुबोध मण्डल र धिरज मण्डलले सामान ४ बिकेट तथा महेश मण्डलले १ बिकेट लिएका थिए । तिलाठिका तर्फबाट कुनै ब्याट्सम्यानले दोहोरो अंक छुन सकेका थिएन । खेलको म्यान अफ द म्याच उत्कृष्ट प्रर्दशन गरे वापत मंसापुरका धिरज मण्डल घोषित भएका थिए ।
    यस्तै शुक्रवारै सम्पन्न दोश्रो खेलमा लौनियाले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ११ ओभर २ बलमा आफना सम्पुर्ण बिकेट गुमाई ६८ रनमा समेटिएको थियो । लौनिका लागि धिरेन्द्र मण्डल नटआउट रहि ११ बाहेक कसैले दोहोरो अंक छुन सकेका थिएन । लौनियालाई सस्तोमा समेटन तोपाका रमेश यादव र रशिन्द्र मण्डलले सामान ४ बिकेट लिएका थिए भने भरत दासले १ बिकेट लिएका थिए । 
    ६९ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको तोपाले उक्त लक्ष्य रोमान्चक तरिकाले १४ ओभर ५ बलमा ८ बिकेटको नोक्सानीमा प्राप्त गरेका थिए । तोपाका लागि अमन देवले १३ तथा सुभाष मण्डल र भोला मण्डलले समान १२ रनको योगदान दिएक थिए । बलिंग तर्फ लौनियाका लागि शिवराम मण्डल, सुरेश मण्डल र शिवशुन्दर मण्डलले सामान २ बिकेट प्राप्त गरेका थिए भने दिनेश मण्डलले १ बिकेट प्राप्त गरेका थिए । खेलको म्यान अफ द म्याच तोपाका रमेश यादव घोषित भएका थिए । प्रतियोगिता अन्र्तगत शनिवारको खेल कोईलाडी र को. मधेपुरा बिच हुने जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“विटौरी” जग्गाको जग्गाधनीलाई यसै वर्षदेखि जग्गाधनीपुर्जा प्रदान गर्ने तयारी
“विटौरी” जग्गाको जग्गाधनीलाई यसै वर्षदेखि जग्गाधनीपुर्जा प्रदान गर्ने तयारी
उपाध्यक्षद्वारा गरिएको तालाबन्दीले गाउँपालिकाको कामकाज प्रभावित
उपाध्यक्षद्वारा गरिएको तालाबन्दीले गाउँपालिकाको कामकाज प्रभावित
झुम्कालाई मेयर कपको उपाधी
झुम्कालाई मेयर कपको उपाधी
तीन दिने व्यवसायिक साक्षरता तालिम सुरु  
तीन दिने व्यवसायिक साक्षरता तालिम सुरु  
नीति तथा कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा सहिद परिवार अझै पनि पीडामा ः मन्त्री यादव
नीति तथा कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा सहिद परिवार अझै पनि पीडामा ः मन्त्री यादव
मुलुक र जनताको समस्या समाधानका लागि बृहत एकता ः जसपा नेता महतो
मुलुक र जनताको समस्या समाधानका लागि बृहत एकता ः जसपा नेता महतो
जसपाका संस्थापन पक्षद्वारा  असन्तुष्ट पक्षलाई कारवाही गर्ने 
जसपाका संस्थापन पक्षद्वारा  असन्तुष्ट पक्षलाई कारवाही गर्ने 
सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण कार्य सुरु, हालसम्म २७ हजार डाटा इन्ट्री
सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण कार्य सुरु, हालसम्म २७ हजार डाटा इन्ट्री
सामुहिक बलात्कार काण्डका दोषिलाई १३ वर्ष कैद 
संघीय ऐनका कारण चाहदा चाहदै पनी अनुकुल  काम गर्न सकिरहेको छैन् ः मन्त्री लेखी
संघीय ऐनका कारण चाहदा चाहदै पनी अनुकुल  काम गर्न सकिरहेको छैन् ः मन्त्री लेखी