दैनिक समाचारदाता
बर्दिवास, २५ फागुन ।
हालै प्रदेश नं. २ सिनियर क्रिकेट टोलिको प्रर्दशनप्रति गम्भीर ध्यानार्कषण भएको जनाउँदै प्रदेश नं. २ क्रिकेट संघले खस्कदो प्रदर्शनको बारेमा कप्तान, प्रशिक्षक तथा छनौट समितिसँग लिखित जानकारी लिने निर्णय गरेको छ ।
बर्दिवासमा शनिबार सम्पन्न संघको तेश्रो बैठकले सो लिखित जानकारी लिने निर्णय गरेको हो ।
बैठकले नेपाल क्रिकेट संघले जारी गरेको क्यालेण्डर अनुसार जिल्ला तथा प्रदेशमा गतिविधी ष् स्संचालन गर्ने तथा प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता संचालनको जिम्मेवारी सिरहा जिल्ला क्रिकेट संघलाई दिने निर्णय समेत गरेको छ ।
आगामी दिनमा टोलिको प्रर्दशनलाई गम्भीरताका साथ हेरिने तथा प्रदेशका खेलाडीहरुको जिवन बिमा गर्ने निर्णय समेत गरेको संघका सचिव आयूष श्रेष्ठले जानकारी दिएका छन् ।
प्रदेश नं २ मा रहेका अम्पाएर तथा स्कोररहरुको भेला बोलाई एउटा समिति निर्माण गर्ने, प्रदेश २ का लागि प्रशिक्षक तथा सप्तरी, सिरहा, महोतरी, सर्लाही, रौतहट र बारा गरि ६ जिल्लामा क्रिकेट प्रशिक्षक नरहेकाले नेपाल क्रिकेट संघ र राष्ट्रिय खेलकुद परिषदसँग प्रशिक्षक माँग गर्ने निर्णय गरिएके उनले बताए ।
बैठक पश्चात् संघका पदाधिकारीहरुले महोत्तरीको बर्दिवासमा महिला क्रिकेट टोलिको प्रशिक्षण अवलोकन पनि गरेको थियो ।
प्रदेश क्रिकेट संघले कप्तान, प्रशिक्षक तथा छनौट समितिसँग लिखित जानकारी लिने
सारांश
- बर्दिवासमा शनिबार सम्पन्न संघको तेश्रो बैठकले सो लिखित जानकारी लिने निर्णय गरेको हो ।
- बैठकले नेपाल क्रिकेट संघले जारी गरेको क्यालेण्डर अनुसार जिल्ला तथा प्रदेशमा गतिविधी ष् स्संचालन गर्ने तथा प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता संचालनको जिम्मेवारी सिरहा जिल्ला क्रिकेट संघलाई दिने निर्णय समेत गरेको छ ।
- आगामी दिनमा टोलिको प्रर्दशनलाई गम्भीरताका साथ हेरिने तथा प्रदेशका खेलाडीहरुको जिवन बिमा गर्ने निर्णय समेत गरेको संघका सचिव आयूष श्रेष्ठले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया