सबै होटल, रिसोट, मोटेल, मदिरा पसल र रेष्टुरेन्ट बन्द गर्ने निर्णय 

राजविराज राजविराज
|
सोमबार, चैत्र १०, २०७६
|
|
३१ पटक हेरिएको
Shares
सबै होटल, रिसोट, मोटेल, मदिरा पसल र रेष्टुरेन्ट बन्द गर्ने निर्णय 

सारांश

  •     आइतबार जिल्ला सुरक्षा समितिका प्रमुख समेत रहेका प्रमुख जिल्ला अधिकारी सुनिल खनालको अध्यक्षतामा जिल्ला सुरक्षा समितिसहितको सर्वदलिय र सर्वपक्षिय बैठकले सो निर्णय गर्दै यस्तै अत्यावश्यक बस्तु बिक्रि बितरण गर्ने पसल, व्यापार, प्रतिष्ठान बाहेकका अन्य पसलहरु बन्द गर्न आग्रह समेत गरेको छ ।
  •       कसैले त्यस्ता पसल संचालनमा ल्याउन चाहे अनिवार्य रुपमा हात धुने सेनिटाइजर र थर्मल गनसहितको स्वास्थ्यकर्मीबाट परिक्षणको व्यवस्था गर्नुपर्ने निर्णय समेत गरिएको छ ।
  • बैठकले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन, भेला, सभा, सम्मेलन, भोजभतेरको आयोजना नगर्न तथा विभिन्न स्थानिय तहमा लाग्ने हाटबजार फराकिलो स्थानमा सार्न र नियमित सरसफाईको व्यवस्था मिलाउने लगायतको चार बुँदे निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ९ चैत । 
    कोरोना भाइरसको संक्रमणाई रोकथाम तथा पूर्व तयारीका सम्बन्धमा जिल्ला सुरक्षा समितिसहितको सर्वदलिय र सर्वपक्षिय बैठकले सप्तरी जिल्लामा संचालित सबै प्रकारको होटल, रिसोट, मोटेल, मदिरा पसल र रेष्टुरेन्ट तत्कालका लागि बन्द गर्ने निर्णय गरेको छ । 
    आइतबार जिल्ला सुरक्षा समितिका प्रमुख समेत रहेका प्रमुख जिल्ला अधिकारी सुनिल खनालको अध्यक्षतामा जिल्ला सुरक्षा समितिसहितको सर्वदलिय र सर्वपक्षिय बैठकले सो निर्णय गर्दै यस्तै अत्यावश्यक बस्तु बिक्रि बितरण गर्ने पसल, व्यापार, प्रतिष्ठान बाहेकका अन्य पसलहरु बन्द गर्न आग्रह समेत गरेको छ । 
    कसैले त्यस्ता पसल संचालनमा ल्याउन चाहे अनिवार्य रुपमा हात धुने सेनिटाइजर र थर्मल गनसहितको स्वास्थ्यकर्मीबाट परिक्षणको व्यवस्था गर्नुपर्ने निर्णय समेत गरिएको छ । बैठकले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन, भेला, सभा, सम्मेलन, भोजभतेरको आयोजना नगर्न तथा विभिन्न स्थानिय तहमा लाग्ने हाटबजार फराकिलो स्थानमा सार्न र नियमित सरसफाईको व्यवस्था मिलाउने लगायतको चार बुँदे निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?