राष्ट्रिय खेलकुदका लागि जुडो र क्रिकेट खेलाडी चयन

राजविराज राजविराज
|
शनिबार, मंसिर २२, २०७५
|
|
४० पटक हेरिएको
Shares
राष्ट्रिय खेलकुदका लागि जुडो र क्रिकेट खेलाडी चयन

सारांश

  •     जिल्ला खेलकुद विकास समिति सप्तरीमा आयोजित जुडो खेलाडी छनौट प्रतियोगिताबाट १५ जना प्रदेश नं.
  • २ बाट जुडो खेलाडीहरुलाई छनौट गरिएको हो ।
  •       छनौट भएकाहरुमा ९ जना पुरुष र ६ जना महिला खेलाडीहरु रहेको छनौट समितिका नविनित कुमार झाले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।  
    आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ का लागि जुडो  र क्रिकेट खेलाडीहरुको छनौट गरिएको छ । 
    जिल्ला खेलकुद विकास समिति सप्तरीमा आयोजित जुडो खेलाडी छनौट प्रतियोगिताबाट १५ जना प्रदेश नं. २ बाट जुडो खेलाडीहरुलाई छनौट गरिएको हो । 
    छनौट भएकाहरुमा ९ जना पुरुष र ६ जना महिला खेलाडीहरु रहेको छनौट समितिका नविनित कुमार झाले जानकारी दिएका छन् । 
    छनौट भएका पुरुष खेलाडीहरुमा अमित कुमार राम, पंकज चौधरी, सन्तोष चौधरी, अनिल कुमार यादव, महेश कुमार यादव, राजेन्द्र प्रसाद यादव, सन्तोष कुमार चमन, आनन्द कुमार शर्मा र धरन्जय कुमार यादव रहेका छन् । 
    त्यस्तै महिला खेलाडीहरुमा दिब्या ठाकुर, चाँदनी तिवारी, बन्दना चौधरी, अभिलेख चौधरी, स्नेहा ठाकुर र बबिता चौधरी रहेकी छिन् । 

    यसैगरि जिल्ला खेलकुद बिकास समिति सप्तरीको आयोजनामा राजबिराजमा तीन दिन देखि संचालित छनोट प्रतियोगिताबाट महबुव आलमको कप्तानीमा १४ सदस्यीय सप्तरी सिनियर टिमको चयन गरिएको छ ।
    आठौ राष्ट्रिय खेलकुदका लागि पुषमा हुने क्षेत्रिय स्तरिय क्रिकेट छनोट प्रतियोगिताको लागि सिनियर सप्तरी क्रिकेट टिम छनोट गरिएको खेलकुद बिकास समितिका सदस्य तथा छनोट समितिका संयोजक रबि कुमार रायले जानकारी दिए ।
    छनोटमा परेका खेलाडीहरूमा महबुव आलम कप्तान, गुणान्नद राय, बिवेक यादब, रोहित सिँह, अनिल यादब, अमित कुमार यादब, रोहन बिक, राहुल मण्डल, बिकास दास, निरज यादब, प्रज्जवल यादब, योगराज शर्मा, आषिश झा, अमित कुमार दास रहेको छनोट समितिका सदस्य चन्दनकुमार यादबले जानकारी दिए ।
    यस्तै छनोट समितिले बैकल्पिक खेलाडीहरूमा पप्पु कुमार यादब, गुमान्नद मण्डल, प्रशान्त सिँह र अभिनाष यादबलाई चयन गरेको छ । 
    सप्तरी क्रिकेट सँघको संयोजनमा तथा जिल्ला खेलकुद बिकास समितिको आयोजनामा जिल्लाको ५५ जना सम्मलित क्रिकेट खेलाडीहरू मध्ये वाट १४ जना खेलाडी अभ्यास खेल खेलाई खेलाडी छनोट गरिएको हो ।
    जिल्ला खेलकुद बिकास समिति सप्तरीले रबि रायको संयोजकत्वमा चन्दनकुमार यादब, शंभु दास र निरज कुमार सिँह सदस्य रहने गरि छनोट समिति चयन गरिएको हो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु