दैनिक समाचारदाता
राजविराज, ६ जेठ ।
सेभ द चिल्ड्रेनको सहयोग तथा सबल नेपालद्वारा सप्तरीको खडक नगरपालिका र सुरुंगा नगरपालिकामा पिपिई, सर्जिकल ग्लोब्स तथा मास्क बितरण गरिएको छ ।
स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि मंगलबार स्वास्थ्य सामाग्रि बितरण गरिएको हो ।
सबल नेपालका अधिकृत राधेश्याम रामका अनुसार सुरुंगा नगरपालिकालाई ५३ सेट पिपिइ, सर्जिकल ग्लोब्स १०० जोड तथा मास्क ३३ जोड बितरण गरिएको छ ।
यस्तै खडक नगरपालिकालाई ५० सेट पिपिइ, ८० जोड सर्जिकल ग्लोब्स तथा ३० थान मास्क बितरण गरिएको छ ।
उक्त सामाग्रि सुरुंगा नगरपालिकामा स्वास्थ्य संयोजक भुप नारायण चौधरी र समाजिक बिकास समिति संयोजक देवेन्द्र प्रसाद चौधरीको उपस्थितीमा बितरण गरिएको छ । सो अवरसमा खडक नगरपालिका निमित प्रमुख प्रशासकिय अधिकृत महिनारायण चौधरी, स्वास्थ्य संयोजक जयकान्त पण्डित, जिन्सी प्रमुख धनराज साह, स्वास्थ्य चौकी ईन्चार्ज, बिभिन्न वडाका वडा अध्यक्ष लगायतको उपस्थित रहेको थियो ।
क्वाराइन्टाइनका लागि १ सय ३ थान पिपिइ लगायतका सामाग्रि
सारांश
- स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि मंगलबार स्वास्थ्य सामाग्रि बितरण गरिएको हो ।
- सबल नेपालका अधिकृत राधेश्याम रामका अनुसार सुरुंगा नगरपालिकालाई ५३ सेट पिपिइ, सर्जिकल ग्लोब्स १०० जोड तथा मास्क ३३ जोड बितरण गरिएको छ ।
- यस्तै खडक नगरपालिकालाई ५० सेट पिपिइ, ८० जोड सर्जिकल ग्लोब्स तथा ३० थान मास्क बितरण गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया