दैनिक समाचारदाता
राजविराज, १३ जेठ ।
सप्तरीमा कोरोना भाइरसबाट संक्रमितको संख्या १५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा मंगलबार जारि विज्ञप्तिमा मंगलबार एकै दिन ९० जनामा कोरोना संक्रमित पाइएको जनाइएको छ ।
यसअघि सप्तरीमा ४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । मंगलबार एक महिलासहित ११ जना गरि सप्तरीमा कोरोना संक्रमितको संख्या १५ पुगेको हो ।
मंगलबार जिल्लाको बोदेबर्साइन नगरपालिकाबाट ८, बलानबिहुल गाउँपालिकाबाट एक महिलासहित २ र सुरुङ्गा नगरपालिकाबाट एक जना गरि ११ जनामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ ।
हाल उनीहरु आ–आफ्नो पालिका अन्तरगतका क्वारेन्टाइनमा रहेका छन् । यसअघि जिल्लाको डाक्नेश्वरी नगरपालिकाका र बलानबिहुल गाउँपालिकाकामा दुई÷दुई जना गरि चार जना संक्रमितको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।
यो सँगै नेपालमा मंगलबारसम्म कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ ।
सप्तरीमा कोरोना संक्रमितको संख्या १५ पुग्यो, एकै दिन ११ जना संक्रमित
सारांश
- यसअघि सप्तरीमा ४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
- मंगलबार एक महिलासहित ११ जना गरि सप्तरीमा कोरोना संक्रमितको संख्या १५ पुगेको हो ।
- मंगलबार जिल्लाको बोदेबर्साइन नगरपालिकाबाट ८, बलानबिहुल गाउँपालिकाबाट एक महिलासहित २ र सुरुङ्गा नगरपालिकाबाट एक जना गरि ११ जनामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया