कोरोना रोकथाममा सरकार गम्भीर नभएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन

राजविराज राजविराज
|
सोमबार, आषाढ १, २०७७
|
|
२० पटक हेरिएको
Shares
कोरोना रोकथाममा सरकार गम्भीर नभएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन

सारांश

  •     नेपाली काँग्रेसका युवा नेता मो.
  • ईर्साद अंसारीको नेतृत्वमा सामाजिक दुरी कायम गर्दै गरिएको प्रदर्शन नगरपरिक्रमा पश्चात प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्य मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
  •       काग्रैस समर्थित युवाहरुले क्वारेन्टाईन र आईसोलेसन व्यवस्थित गर, लकडाउन अवधिको कर र बैंकको ब्याज मिनाहा गर, गरिब मजदुर परिवारलाई राहतको व्यवस्था गर लगायतका नाराहरु लेखिएको प्लेकार्ड सहित प्रमुख जिल्ला अधिकारीको निवासमै पुगेर ज्ञापन पत्र बुझाएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ३२ जेठ । 
    कोरोना भाईरस महामारी रोकथाम तथा नियन्त्रणमा ध्यान नदिई सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै सप्तरीका विभिन्न संघ संस्था तथा राजनीतिक दल आवद्घ संगठनले आईतबार विरोध प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । 
    नेपाली काँग्रेसका युवा नेता मो. ईर्साद अंसारीको नेतृत्वमा सामाजिक दुरी कायम गर्दै गरिएको प्रदर्शन नगरपरिक्रमा पश्चात प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्य मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । 
    काग्रैस समर्थित युवाहरुले क्वारेन्टाईन र आईसोलेसन व्यवस्थित गर, लकडाउन अवधिको कर र बैंकको ब्याज मिनाहा गर, गरिब मजदुर परिवारलाई राहतको व्यवस्था गर लगायतका नाराहरु लेखिएको प्लेकार्ड सहित प्रमुख जिल्ला अधिकारीको निवासमै पुगेर ज्ञापन पत्र बुझाएका छन् ।
    ज्ञापन पत्र बुझाएपछि संचारकर्मीहरु सित कुरा गर्दै काँग्रेसका युवा नेता मो. अंसारीले कोरोना भाईरस महामारी रोकथाम तथा नियन्त्रणमा ध्यान नदिई सरकार भ्रष्टाचारमा लिप्त रहेको तथा हावादारी कुरा बढी गर्र्ने गरेकाले खबरदारी गर्न विरोध प्रदर्शन र ज्ञापन पत्र पठाइएको बताए । 
    यता पिसिआर परिक्षण सुस्त गतिमा भएको, मापदण्ड विपरित क्वारेन्टाईन निर्माण गरी क्वारेन्टाईनमै संक्रमण बढाउने खतरा उत्पन्न भएको तथा दैनिक ज्याला मजदुरी गरेर जिविको पार्जन गर्ने श्रमिक बेरोजगार भई भोकभोकै बस्नु पर्ने अवस्था रहेको भन्दै स्थानियले अबिलम्ब यसको उचित व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह