स्वास्थ्यकर्मी संक्रमित भएपछि स्वास्थ्य सेवा ठप्प

राजविराज राजविराज
|
बुधबार, आषाढ ३, २०७७
|
|
२८ पटक हेरिएको
Shares
स्वास्थ्यकर्मी संक्रमित भएपछि स्वास्थ्य सेवा ठप्प

सारांश

  •     उक्त स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै सुरक्षाका लागि भन्दै गत आइतबारदेखी सबै सेवा बन्द गरिएको हो ।
  •       स्वास्थ्य चौकीबाट हनुमाननगरस्थित क्वारेन्टाइन केन्द्रमा खटिएका एक स्वास्थ्यकर्मी कोरोना संक्रमित भएपछि सुरक्षाका लागि हाल स्वास्थ्य चौकीबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको स्वास्थ्य संयोजक रामदेव यादवले जानकारी दिएका छन् ।
  •       यस्तै संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएका सोही स्वास्थ्य चौकीका अन्य पाँच जना स्वास्थ्यकर्मीलाई हाल होम क्वारेन्टाइनमा राखिएकाले उक्त स्वास्थ्य चौकीको सेवा प्रभावित बनेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताए ।

दैनिक समाचारदाता
राजविराज, ३ असार । 
    कोरोना भाइरसबाट स्वास्थ्यकर्मी नै संक्रमित भएपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित स्वास्थ्य चौकीको सम्पूर्ण सेवा ठप्प गरिएको छ । 
    उक्त स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै सुरक्षाका लागि भन्दै गत आइतबारदेखी सबै सेवा बन्द गरिएको हो । 
    स्वास्थ्य चौकीबाट हनुमाननगरस्थित क्वारेन्टाइन केन्द्रमा खटिएका एक स्वास्थ्यकर्मी कोरोना संक्रमित भएपछि सुरक्षाका लागि हाल स्वास्थ्य चौकीबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको स्वास्थ्य संयोजक रामदेव यादवले जानकारी दिएका छन् । 
    यस्तै संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएका सोही स्वास्थ्य चौकीका अन्य पाँच जना स्वास्थ्यकर्मीलाई हाल होम क्वारेन्टाइनमा राखिएकाले उक्त स्वास्थ्य चौकीको सेवा प्रभावित बनेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताए ।
    उनका अनुसार गत शनिबार कोरोना संक्रमित पुष्टि भएका स्वास्थ्यकर्मीलाई अहिले साईकृष्णा अस्पतालको आइसोलेशन कक्षमा राखी उपचार भइरहेको छ । 
    उनले होम क्वारेन्टाइनमा राखिएका स्वास्थ्यकर्मीहरुको पनि स्वाब संकलन गरि परिक्षणका लागि पठाइसकिएको र रिपोर्ट आएपछि सोही अनुसार सेवा पुनःसंचालन बारे आवश्यक निर्णय लिइने जानकारी पनि दिए । 
    यसअघि सप्तरीको बोदेबसाईनस्थित क्वारेन्टाइनमा खटिएका एक जना स्वास्थ्यकर्मीमा पनि कोरोना पोजेटिभ देखिएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घोडाबाट गाजा तस्करी गर्न खोज्दा प्रहरीद्वारा हवाई फायर
घोडाबाट गाजा तस्करी गर्न खोज्दा प्रहरीद्वारा हवाई फायर
विद्यालयलाई हेर्ने फरक दृष्टिकोणले शिक्षामा बेथिती बढ्यो ः समाजिक बिकास मन्त्री साह 
विद्यालयलाई हेर्ने फरक दृष्टिकोणले शिक्षामा बेथिती बढ्यो ः समाजिक बिकास मन्त्री साह 
प्रदेश २ सरकारद्वारा प्राधिकरण, काउन्सील र प्रवद्र्धन बोर्डका अध्यक्ष नियुक्त 
प्रदेश २ सरकारद्वारा प्राधिकरण, काउन्सील र प्रवद्र्धन बोर्डका अध्यक्ष नियुक्त 
दुई महिनापछी सकुशल भेटिए रोशनी
दुई महिनापछी सकुशल भेटिए रोशनी
सप्तरीमा ७१ परिक्षार्थीको परिक्षा  रद्द, एक कर्मचारी पनि कारवाहीमा
सप्तरीमा ७१ परिक्षार्थीको परिक्षा  रद्द, एक कर्मचारी पनि कारवाहीमा
प्रदेश २ मा १९ लाख जनतालाई  कोरोना विरुद्धको खोप
प्रदेश २ मा १९ लाख जनतालाई  कोरोना विरुद्धको खोप
कर्मचारी सहिद प्रभु नारायणको सालिक स्थापना
कर्मचारी सहिद प्रभु नारायणको सालिक स्थापना
सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
माँ वैष्णवी काली मन्दिर समिति सर्वसम्मतले चयन
माँ वैष्णवी काली मन्दिर समिति सर्वसम्मतले चयन
मिटरब्याजीको आरोप  लगाउँदै प्रशासनले दुःख  दिन थाल्यो ः भगत दम्पत्ति
मिटरब्याजीको आरोप  लगाउँदै प्रशासनले दुःख  दिन थाल्यो ः भगत दम्पत्ति