सप्तरीमा २० प्रतिशत रोपाई, ५ सय विगहामा लगाइएको धान खेत डुवानमा

राजविराज राजविराज
|
सोमबार, आषाढ १५, २०७७
|
|
३१ पटक हेरिएको
Shares
सप्तरीमा २० प्रतिशत रोपाई, ५ सय विगहामा लगाइएको धान खेत डुवानमा

सारांश

  •     सिंचाईको उचित सुविधा नपुगेको सप्तरी जिल्लामा भने यस पटक वर्षाले साथ दिएपछि सोमबार अधिकांश खेतहरुमा किसानहरु धान रोप्न व्यस्त रहेका छन् ।
  •       रोपाईका लागि बेर्ना तयार भएको र वर्षा पनि समयमै हुँदा जिल्लाका किसानहरुमा उत्साह थपिएको तिरहुत गाउँपालिका वडा नं.
  • १ त्रिकौलका कृषक जवाहर प्रसाद गुप्ताले बताए ।

दैनिक समाचारदाता
राजविराज, १५ असार । 
    असार १५ लाई धान दिवसका रुपमा चिनिने गरिन्छ । यस दिन नेपालभरिका किसानहरु आ–आफ्नो खेतमा रोपाईका लागि खटेका हुन्छन् । 
    सिंचाईको उचित सुविधा नपुगेको सप्तरी जिल्लामा भने यस पटक वर्षाले साथ दिएपछि सोमबार अधिकांश खेतहरुमा किसानहरु धान रोप्न व्यस्त रहेका छन् । 
    रोपाईका लागि बेर्ना तयार भएको र वर्षा पनि समयमै हुँदा जिल्लाका किसानहरुमा उत्साह थपिएको तिरहुत गाउँपालिका वडा नं. १ त्रिकौलका कृषक जवाहर प्रसाद गुप्ताले बताए । यद्दपी उनले समयमै मलखाद उपलब्ध हुन नसक्दा किसानहरु समस्यामा परे पनि जेनतेन गरि धान खेती समयमै गर्न भ्याएको जानकारी समेत दिए । 
    देशकै सबैभन्दा पुरानो चन्द्र नहर, कोशी पश्चिमी नहर र कोशी पम्प नहर गरि तीन तीन वटा नहरहरुबाट सिंचाई सुविधा व्यवस्था गरिए पनि मर्मत सम्भारको अभावले गर्दा कमान्ड क्षेत्र भित्र पानी पुग्न नसकेका कारण जिल्लाका अधिकांश भू–भागमा धान खेतीका लागि आकाशे भर पर्नु पर्ने अवस्था छ । 
    यता लगातार एक सातादेखी भइरहेको वर्षाले गर्दा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका किसान भने चिन्तामा डुबेका छन् । निरन्तरको वर्षाले १२ कठ्ठा जग्गामा लगाइएको धान खेती डुवानमा पर्दा आफू समस्यामा परेको तिलाठी कोइलाडी गाउँपालिका २ लोनियाका कृषक दिनेश मण्डलले बताए । 
    तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिश सिंहले लगातारको वर्षासँगै खाँडो खोलाको बाढी पस्दा सकरपुरा, कोइलाडी, लौनिया, को. बसाईन र तिलाठीका गरि करिब ५ सय बिगहा जग्गामा लगाइएको धान खेती डुवानमा परेको जानकारी दिए । 
    सप्तरीमा कूल ७० हजार हेक्टर खेती योग्य जग्गा रहेको छ । जसमध्ये ५९ हजार २ सय ५७ हेक्टर जग्गामा धान खेती हुँदै आएको छ । कृषि ज्ञान केन्द्र राजविराजका प्रमुख राजेन्द्र यादवका अनुसार जिल्लामा हालसम्म करिब २० प्रतिशत जग्गामा धान रोपाई भइसकेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह