दैनिक समाचारदाता
राजविराज, १९ साउन ।
सप्तरीमा दिनानुदिन कोरोना संक्रमण बढ्न थालेपछि स्थानिय प्रशासनले मंगलबार बिहानदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकबाट सो निर्णय गर्दै मंगलबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यद्वारा जारि सूचनामा उल्लेख छ ।
प्रजिअ आचार्यद्वारा जारि सूचना मार्फत सप्तरी जिल्लाभरिमा हालसम्म ५३१ जनामा कोरोना सङ्क्रमण भेटिएपछि राजविराजसहित सप्तरी जिल्लाभरि निषेधाज्ञा जारी गरिएको जानकारी दिइएको छ । निषेधाज्ञा जारी गरिएको निषेधित क्षेत्रमा अत्यावश्यक कामबाहेकका सम्पूर्ण आवतजावत, सवारीसाधन, पसल बन्द रहने जनाइएको छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिका क्षेत्रभित्र अनावश्यक हिँडडुल, आवतजावत नगर्न, नगराउन जिल्ला सुरक्षा समितिले निर्णय गरेको जनाइएको छ ।
औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य सेवा केन्द्र, मालसमान ओसारपसार गर्ने र निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डार र वितरण, फोहरमैला सङ्कलन तथा ढुवानी, विद्युतीय सेवा, कृषिजन्य कार्य, कृषि तथा पशुजन्य उत्पादन ढुवानीमा प्रयोग हुने साधन, वर्कशपजस्ता अत्यावश्यक सेवाबाहेकका अनावश्यक आवतजावतमा निषेधाज्ञा लगाइएको सूचनामा उल्लेख छ ।
सप्तरीमा एक साताका लागि निषेधाज्ञा
सारांश
- जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकबाट सो निर्णय गर्दै मंगलबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यद्वारा जारि सूचनामा उल्लेख छ ।
- प्रजिअ आचार्यद्वारा जारि सूचना मार्फत सप्तरी जिल्लाभरिमा हालसम्म ५३१ जनामा कोरोना सङ्क्रमण भेटिएपछि राजविराजसहित सप्तरी जिल्लाभरि निषेधाज्ञा जारी गरिएको जानकारी दिइएको छ ।
- निषेधाज्ञा जारी गरिएको निषेधित क्षेत्रमा अत्यावश्यक कामबाहेकका सम्पूर्ण आवतजावत, सवारीसाधन, पसल बन्द रहने जनाइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया