दैनिक समाचारदाता
राजविराज, ३२ साउन ।
भारतसँग सीमा जोडिएका सप्तरीको कुनौली नाका पनि बन्द गरिएको छ । कोरोना भाइरसको संक्रमण रोक्न जिल्ला प्रशासन कार्यालयले एक सूचना जारि गर्दै उक्त नाकाबाट पनि आवतजावत संचालनमा पूर्ण रोक लगाइएको जनाएको छ ।
भारतबाट नेपाल र नेपालबाट भारत ओहोरदोहर गर्नेको संख्या बढेसँगै कोरोना संक्रमितको संख्या पनि ह्वातै बढ्न थालेपछि यस्तो निर्णय गरिएको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट सूचना जारि भएसँगै नाका बन्द गरिनुका साथै थप सतकर्ता र निगरानी कडा पारिएको छ ।
यसअघि जिल्लाको छिन्नमस्ता, डाक्नेश्वरी, बलान बिहुल र बोदेबसाईन लगायतका नाकाबाट समेत आवतजावत हुने गरेकोमा केही दिनअघि मात्र ती सबै नाका बन्द गरि कुनौली नाकाबाट मात्र आवश्यक जाँच पश्चात् आवतजावत गर्ने व्यवस्था मिलाइएको थियो ।
छिमेकी मुलुक भारत तथा विशेषगरि सीमावर्ती क्षेत्रमा कोरोनाको संक्रमण तिब्रगतिमा फैलिएकाले नेपाल सरकारको (मन्त्रिपरिषद्) साउन २६ गतेको निर्णय अनुसार नाका बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जयप्रसाद घिमिरेले बताए ।
जिल्ला प्रवेश गर्ने भारतीय सीमासँग जोडिएका सबै नाका बन्द गरिएपछि भारतबाट घर फर्किनेहरु कोही सीमा क्षेत्रमा अलपत्र परेका छन् भने कोही प्रदेश १ को बिराटनगर तथा कोही प्रदेश २ को सिरहा माडर नाकाबाट प्रवेश गरिरहेका छन् ।
भारतबाट जोडिएका सप्तरीको कुनौली नाका पनि बन्द
सारांश
- भारतबाट नेपाल र नेपालबाट भारत ओहोरदोहर गर्नेको संख्या बढेसँगै कोरोना संक्रमितको संख्या पनि ह्वातै बढ्न थालेपछि यस्तो निर्णय गरिएको बताइएको छ ।
- जिल्ला प्रशासन कार्यालयबाट सूचना जारि भएसँगै नाका बन्द गरिनुका साथै थप सतकर्ता र निगरानी कडा पारिएको छ ।
- यसअघि जिल्लाको छिन्नमस्ता, डाक्नेश्वरी, बलान बिहुल र बोदेबसाईन लगायतका नाकाबाट समेत आवतजावत हुने गरेकोमा केही दिनअघि मात्र ती सबै नाका बन्द गरि कुनौली नाकाबाट मात्र आवश्यक जाँच पश्चात् आवतजावत गर्ने व्यवस्था मिलाइएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया