जनशक्तिको अभावमा भेन्टिलेटर अस्पतालमै थन्कियो, बिरामी अन्यत्र रेफर हुँदै, एक महिलासहित ६ जना संक्रमित थपिए

राजविराज राजविराज
|
शनिबार, भाद्र ६, २०७७
|
|
३९ पटक हेरिएको
Shares
जनशक्तिको अभावमा भेन्टिलेटर अस्पतालमै थन्कियो, बिरामी अन्यत्र रेफर हुँदै, एक महिलासहित ६ जना संक्रमित थपिए

सारांश

  •     तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको पहलमा उपलब्ध गराइएको चार थान भेन्टिलेटर तथा आइसियु उपकरण व्यवस्थापन र संचालन गर्ने पूर्वाधार तथा जनशक्ति नभएका कारण त्यत्तिकै थन्किएका छन् ।
  •     मुलुक कै सबैभन्दा बढी १ सय ७८ बेड भएको साइकृष्णा मेडिकल कलजेमा संचालित आइसोलेशन कक्षमा भेन्टिलेटर र आइसियु सेवा उपलब्ध नहुँदा कोरोना संक्रमित तथा अन्य जटिल प्रकृतिका रोगिको उपचार हुन नसकि अकालमै ज्यान समेत जाने गरेको पाइएको छ ।
  •       जिल्लामा कोरोना संक्रमणबाट हालसम्म ५ जनाको ज्यान गइसकेको छ ।

दैनिक समाचारदाता
राजविराज, ६ भदौं । 
जनशक्ति अभावमा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा चार वटा भेन्टिलेटर प्रयोगबिहीन अवस्थामा थन्किएको छ । कोरोना तथा अन्य जटिल रोगबाट पीडित बिरामीलाई भेन्टिलेटर आवश्यक पर्दा उनीहरुलाई बिराटनगर र धरान रेफर गरिदै छ । 
    तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको पहलमा उपलब्ध गराइएको चार थान भेन्टिलेटर तथा आइसियु उपकरण व्यवस्थापन र संचालन गर्ने पूर्वाधार तथा जनशक्ति नभएका कारण त्यत्तिकै थन्किएका छन् ।
    मुलुक कै सबैभन्दा बढी १ सय ७८ बेड भएको साइकृष्णा मेडिकल कलजेमा संचालित आइसोलेशन कक्षमा भेन्टिलेटर र आइसियु सेवा उपलब्ध नहुँदा कोरोना संक्रमित तथा अन्य जटिल प्रकृतिका रोगिको उपचार हुन नसकि अकालमै ज्यान समेत जाने गरेको पाइएको छ । 
    जिल्लामा कोरोना संक्रमणबाट हालसम्म ५ जनाको ज्यान गइसकेको छ । ती सबैको भेन्टिलेटर र आइसियु नभएका कारण अन्यत्र लैजानु र उपचारमा भएको ढिलाईले गर्दा ज्यान गएको नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्सालीको भनाई छ । 
गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जटिल समस्यामा पुगेका बिरामीहरुलाई भेन्टिलेटर र आइसियु अतिआवश्यक रहेपनि त्यसको व्यवस्थापन नहुँदा अन्यत्र रेफर गर्नुपरेको बाध्यता सुनाए । उनले पूर्वाधार र जनशक्तिका लागि आफूले स्थानिय, प्रदेश र संघीय तीनै तहका सरकारलाई आग्रह गरिरहेको जानकारी पनि दिए । 
    कोरोना संक्रमणसँगै यहाँका अस्पतालहरुमा बिरामीको चाप तथा अकालमै ज्यान गुमाउनेको संख्या समेत बढ्दै जाँदा बिरामीको ज्यान जोगाउन अविलम्ब आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्थापन गरि भेन्टिलेटर र आइसियु सेवा संचालन गर्न स्थानियको माँग छ ।

एक महिलासहित ६ जना संक्रमित थपिए
यसैबीच सप्तरीमा शनिबार एक महिलासहित ६ जना संक्रमित थपिएका छन् । गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालाबाट प्राप्त परिक्षण रिपोर्टले बोदेबसाईन नगरपालिका र बलानबिहुल गाउँपालिका २÷२ तथा सप्तकोशी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका एक÷एक गरि ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । 
    संक्रमित मध्ये सप्तकोशी नगरपालिकाका एक जना महिला हुन् । अस्पतालकमा प्रमुख डा. रन्जित झाका अनुसार संक्रमण पुष्टि भएका मध्ये तिलाठी कोइलाडी गाउँपालिकाका एकजना उपचारका लागि विगत दुई दिनदेखी आकस्मिक कक्षमा भर्ना रहेको बिरामी हुन् । 
    कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पिसिआर गराउँदा उनमा कोरोना संक्रमण देखिएको डा. झाले बताए । संक्रमण पुष्टि भएलगत्तै शनिबारै संक्रमित सबैलाई साइकृष्ण मेडिकल कलेजको आइसोलेशन कक्षमा पु¥याइएको उनले जानकारी दिए । 
    आकस्मिक कक्षमा भर्ना रहेका संक्रमितको सम्पर्कमा आएका स्वास्थ्यकर्मी र आफन्तको पनि स्वाब संकलन गरि परिक्षण कार्य अघि बढाइएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 
    योसँगै सप्तरीमा संक्रमितको संख्या ७ सय १७ पुगेको छ भने हालसम्म कोरोनाबाट ५ जनाको मृत्यु भएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकता समाजवादी पार्टीको २५ पदाधिकारी घोषणा
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकता समाजवादी पार्टीको २५ पदाधिकारी घोषणा
सप्तरीमा थप ८ जना संक्रमित थपिए, संक्रमितको संख्या २ सय ५६, निको हुनेको संख्या १ सय १८
सप्तरीमा थप ८ जना संक्रमित थपिए, संक्रमितको संख्या २ सय ५६, निको हुनेको संख्या १ सय १८
तिलाठीमा जन्मदर्ता गराउने अभियान सञ्चालन गरिने
तिलाठीमा जन्मदर्ता गराउने अभियान सञ्चालन गरिने
पीडित महिलाले भनिन् “बाटो बिस्तारको नाममा आफ्नो मात्र जग्गा छाड्न दबाब  र धम्की आउन थाल्यो”
पीडित महिलाले भनिन् “बाटो बिस्तारको नाममा आफ्नो मात्र जग्गा छाड्न दबाब  र धम्की आउन थाल्यो”
हुलाक कर्मचारीद्वारा निजामती कर्मचारी सरह सेवा सुविधा लागु गर्न माँग 
हुलाक कर्मचारीद्वारा निजामती कर्मचारी सरह सेवा सुविधा लागु गर्न माँग 
कोशीमा महिलाको शव फेला
मधेशको मुद्दा लिएर अगाडी बढ्न लोसपालाई सुझाव
मधेशको मुद्दा लिएर अगाडी बढ्न लोसपालाई सुझाव
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य असोजबाट हुने
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य असोजबाट हुने
अज्ञात सहिद साकेतको शालिकमा  दिप प्रज्जवलन, दिलिपलाई सम्झिएन
अज्ञात सहिद साकेतको शालिकमा  दिप प्रज्जवलन, दिलिपलाई सम्झिएन
आईसिटी अवार्ड २०१९ मा सप्तरीका ईन्जिनियर पर्न सफल
आईसिटी अवार्ड २०१९ मा सप्तरीका ईन्जिनियर पर्न सफल

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह