जसपा वरिष्ठ नेता यादवको निधन

राजविराज राजविराज
|
बिहिबार, आश्विन १५, २०७७
|
|
२६ पटक हेरिएको
Shares
जसपा वरिष्ठ नेता यादवको निधन

सारांश

  •     राजविराज ४ स्थित आफ्नै घरमा बुधबार बिहान ६ बजेतिर निधन भएको हो ।
  •       ७२ वर्षिय यादवको केही समय यता मृगौला रोगबाट पीडित थिए ।
  • बिहानी एक्कसी स्वास्थ्यमा समस्या देखिएपछि परिवारजनले अस्पताल लैजाने तयारी गरिरहँदा उनको निधन भएको भतिजा सन्तोषले बताए ।

दैनिक समाचारदाता
राजविराज, १४ असोज । 
    जनता समाजवादी पार्टीका वरिष्ट नेता गंगाराम यादवको बुधबार बिहान निधन भएको छ । 
    राजविराज ४ स्थित आफ्नै घरमा बुधबार बिहान ६ बजेतिर निधन भएको हो । 
    ७२ वर्षिय यादवको केही समय यता मृगौला रोगबाट पीडित थिए । बिहानी एक्कसी स्वास्थ्यमा समस्या देखिएपछि परिवारजनले अस्पताल लैजाने तयारी गरिरहँदा उनको निधन भएको भतिजा सन्तोषले बताए । 
    उनी तत्कालिन विषहरिया गाविसका अध्यक्ष तथा गाविस महासंघ सप्तरीका अध्यक्ष भएका थिए । त्यस्तै तत्कालिन राजपाका केन्द्रिय सदस्य समेत रहेका उनी संघीय समाजवादी र राजपाबीच एकिकरण पश्चात् बनेको जनता समाजवादी पार्टीका वरिष्ठ नेताको रुपमा चिनिन्थे । 
    उनलाई पार्टीको झण्डा ओढाउनुका साथै अन्तिम श्रद्धाञ्जली दिन जसपाका नेताहरुका साथै ठूलो संख्यामा सर्वसाधारण पुगेका थिए । उनको बुधबारै बैदिक परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?