दैनिक समाचारदाता
राजविराज, २१ असोज ।
चाड पर्व नजिकै जाँदा बजार अनुगमन टोली पनि तातिएको छ । कोरोना महामारीको बीचमा अनुगमन टोलीले लामो समयपछि बजार अनुगमन गरेको हो ।
जिल्ला प्रशासन कार्यालय सप्तरी र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको समन्वयमा खटिएको संयुक्त अनुगमन टोलीले राजबिराजस्थित एक दर्जन किराना पसलहरुको अनुगमन गरेको हो ।
अनुगमन क्रममा पसलहरुमा उपभोक्ताले प्रष्ट हेर्ने गरि मूल्य सूची र साईनबोर्ड राखिएको नपाइएको तथा म्याद गुज्रिएका सामग्रीहरु पसलेहरुले राखेको टोलीका संयोजक जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले बताएका छन् ।
राजबिराज बजारका आनन्द किराना पसल, दिपक जनरल स्टोर, गुणानन्द किराना स्टोर, शिव गुरु मिष्ठान भण्डार, माँ शक्ति किराना स्टोर, गौरी किराना पसल, जलपा ट्रेडर्स लगायतको पसलहरुमा अनुगमन गरिएको अनुगमन टोलीका सदस्य खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेश कुमार सिंहले जानकारी दिए ।
अनुगनका क्रममा बजारका पसलहरुबाट म्याद गुज्रिएका मसाला, चिउरा, धारा खानेतेल, घ्यू, मिक्स अचार नष्ट गरिएको उपभोक्ता अधिकार मञ्चका सप्तरी अध्यक्ष राजकुमार गुप्ताले जानकारी दिए ।
अनुगमन टोलीमा राजबिराज नगरपालिकाका प्रतिनिधि, सप्तरी उद्योग बाणिज्य संघका सचिव गौरी शंकर साह, उपभोक्ता अधिकार मञ्चका सप्तरी अध्यक्ष राजकुमार गुप्ता, न्यायिक संरक्षण मंचका राम कुमार यादव, घरेलु तथा साना उद्योग कार्यालयका बिरेन्द्र साह, सञ्चाकर्मी, प्रहरी लगायतको सहभागिता रहेको थियो ।
चाड पर्व नजिकै जाँदा बजार अनुगमन टोली तात्यो
सारांश
- जिल्ला प्रशासन कार्यालय सप्तरी र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको समन्वयमा खटिएको संयुक्त अनुगमन टोलीले राजबिराजस्थित एक दर्जन किराना पसलहरुको अनुगमन गरेको हो ।
- अनुगमन क्रममा पसलहरुमा उपभोक्ताले प्रष्ट हेर्ने गरि मूल्य सूची र साईनबोर्ड राखिएको नपाइएको तथा म्याद गुज्रिएका सामग्रीहरु पसलेहरुले राखेको टोलीका संयोजक जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले बताएका छन् ।
- राजबिराज बजारका आनन्द किराना पसल, दिपक जनरल स्टोर, गुणानन्द किराना स्टोर, शिव गुरु मिष्ठान भण्डार, माँ शक्ति किराना स्टोर, गौरी किराना पसल, जलपा ट्रेडर्स लगायतको पसलहरुमा अनुगमन गरिएको अनुगमन टोलीका सदस्य खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेश कुमार सिंहले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया