गस्ति टोली चढेको वनको गाडीमाथी तस्करको आक्रमण, २८ थान काठ बरामद

राजविराज राजविराज
|
बिहिबार, आश्विन २२, २०७७
|
|
२४ पटक हेरिएको
Shares
गस्ति टोली चढेको वनको गाडीमाथी तस्करको आक्रमण, २८ थान काठ बरामद

सारांश

  •     तस्करहरुले गरेको ढुंगामुढाबाट सहायक वन अधिकृत मनोज कर्ण चढेको बा.
  • १झ.
  • ७६२० नम्बरको गाढीमा क्षति पुगेको छ ।

दैनिक समाचारदाता
राजविराज, २१ असोज । 
    सप्तरीमा विगत केही दिन देखी वन क्षेत्रमा काठ तस्करहरुको रजाई भएको छ । तस्करहरुले मध्य रातमा वन क्षेत्रस्थित विभिन्न रुखहरु कठान गर्दै आइरहेका छन् ।     यसै क्रममा मंगलबार मध्य रातमा जिल्लाको सुरुङ्गा नगरपालिकास्थित उदयपुर–सप्तरी सीमामा रहेको गिद्धे सामुदायिक वन क्षेत्रमा गस्तीमा गएका डिभिजन वन कार्यालय सप्तरीका टोली चढेको गाडीमाथी तस्करहरुले ढुंगामुढा गरि क्षति पु¥याएको छ । 
    तस्करहरुले गरेको ढुंगामुढाबाट सहायक वन अधिकृत मनोज कर्ण चढेको बा.१झ. ७६२० नम्बरको गाढीमा क्षति पुगेको छ । यद्दपी त्यसमा सवार टोलीका सदस्यहरुलाई भने सामान्य चोट लागेको छ । 
    उक्त सामुदायिक वन क्षेत्रमा तस्करहरुले काठ काटिरहेको सूचनाको आधारमा सहायक वन अधिकृत मनोज कर्णको नेतृत्वमा एक टोली राती २ बजे पुगेको थियो । जंगलमा पुग्दा तस्करहरुले काठ काटिरहेको र वनको टोली देख्ना साथ भागेका थिए ।
    डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोष झाका अनुसार तस्करहरु अन्ध्यारोको फायदा उठाउँदै भागेपछि काटेको काठ लोड गरि फर्कने क्रममा दमौती जंगल क्षेत्रमा लुकेर बसेका तस्करहरुले गाडीमा ढुंगामुढा गरि आक्रमण गरेका हुन् । ढुंगामुढा गरेर अन्ध्यारोमा भागेका उनीहरुको पहिचान तथा खोजी कार्य जारि रहेको डिभिजन वन कार्यालयका प्रमुख झाले बताए । 
    यता टोलीले उक्त वन क्षेत्रमा काटेर लैजान ठिक पारिएको करिब २३ क्युविफिट २८ थान काठ बरामद गरेर ल्याएको उनले जानकारी दिए । 
    यसअघि पाँच दिन यता जिल्लाको दौलतपुर तथा बिरेन्द्र बजार वन क्षेत्रमा काठ तस्करीमा संलग्न एक महिलासहित चार जनालाई पक्राउ गरि कारवाही चलाइएको उनले जानकारी दिएका छन् । 
    कोरोना महामारीकाबीच जिल्लाको वन क्षेत्रमा तस्करी बढ्न लागेपछि आफ्नो तथा सहायक वन अधिकृतको नेतृत्वमा वन सुरक्षा टोली गठन गरि विगत दश दिनदेखी रातीको समयमा वन क्षेत्रमा नियमित गस्ति थालेको डिभिजन वन कार्यालय प्रमुख झाले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेताहरूले गरेको सहमति र प्रतिबद्धताप्रति  विश्वास हराउँदै गएको छ ः मन्त्रि लेखी
नेताहरूले गरेको सहमति र प्रतिबद्धताप्रति  विश्वास हराउँदै गएको छ ः मन्त्रि लेखी
दुर्घटनामा परेका युवक  घरमा मृत फेला 
दुर्घटनामा परेका युवक  घरमा मृत फेला 
उच्च बारमा एशोसिएशनमा हरेराम र बलराम प्यानलको उम्मेदवारी 
उच्च बारमा एशोसिएशनमा हरेराम र बलराम प्यानलको उम्मेदवारी 
गत निर्वाचनमा १३ मतले पराजित भिमराज  ४ हजार भन्दा बढी मतान्तरले निर्वाचित 
गत निर्वाचनमा १३ मतले पराजित भिमराज  ४ हजार भन्दा बढी मतान्तरले निर्वाचित 
“भ्रष्टाचार अन्त नभएसम्म विकास सम्भव छैन्” 
“भ्रष्टाचार अन्त नभएसम्म विकास सम्भव छैन्” 
सप्तरीमा नतिजा आएको पाँच मध्ये काँग्रेस र एमाले  दुई÷दुई तथा जनमत एक पालिकामा निर्वाचित,  पाँच वटै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित
सप्तरीमा नतिजा आएको पाँच मध्ये काँग्रेस र एमाले  दुई÷दुई तथा जनमत एक पालिकामा निर्वाचित,  पाँच वटै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित
कोशी पीडितहरुको आन्दोलन १५ औं दिन, नेपाल–भारतका संचारकर्मीहरुद्वारा सहयोगको प्रतिबद्घता
कोशी पीडितहरुको आन्दोलन १५ औं दिन, नेपाल–भारतका संचारकर्मीहरुद्वारा सहयोगको प्रतिबद्घता
शिक्षा मन्त्रालयको टोलीद्वारा सुझाव संकलन
शिक्षा मन्त्रालयको टोलीद्वारा सुझाव संकलन
उच्च अदालत जनकपुर राजविराज  इजलासद्वारा एक हजार ४ सय मुद्दा फर्छयोट
उच्च अदालत जनकपुर राजविराज  इजलासद्वारा एक हजार ४ सय मुद्दा फर्छयोट
ज्यान मार्ने उद्योगमा एकै परिवारका पाँच जना पक्राउ
ज्यान मार्ने उद्योगमा एकै परिवारका पाँच जना पक्राउ