तस्करद्वारा प्रहरीमाथी आक्रमण, प्रहरीद्वारा चार राउण्ड हवाई फायर, दुई प्रहरी घाइते

राजविराज राजविराज
|
बिहिबार, आश्विन २९, २०७७
|
|
३० पटक हेरिएको
Shares
तस्करद्वारा प्रहरीमाथी आक्रमण, प्रहरीद्वारा चार राउण्ड हवाई फायर, दुई प्रहरी घाइते

सारांश

  •     राजविराज नगरपालिका १३ मुसहरनियाँ सडकखण्डमा मंगलबार राती तस्बरहरुले भन्सार छलेर चार÷पाँच वटा मोटरसाइकलमा लोड गरि ल्याउँदै गरेको सरसामान नियन्त्रणमा तथा तस्करहरुलाई ८पक्राउ गर्न खोज्दा तस्कर समूह र प्रहरीबीच झडप भएको हो ।
  •       मुसहरनियाँस्थित नहर सडकखण्ड हुँदै भारतबाट भन्सार छलेर तस्करहरुले विभिन्न सामाग्रि भित्राउने गरेको सूचना प्रहरीलाई प्राप्त भएपछि प्रहरीले सो क्षेत्रमा निगरानी बढाएको थियो ।
  •       सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र धमलाका अनुसार प्रहरीले पक्राउ गरेका सात÷आठ जना तस्करहरुलाई छुटाउन स्थानिय केही व्यक्ति समेत मिलेर प्रहरीमाथी घरेलु हतियारले आक्रमण सुरु गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २८ असोज । 
    सप्तरीमा मंगलबारराती प्रहरी र तस्कर समूहबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । सोही क्रममा तस्करको आक्रमणबाट दुई जना प्रहरी घाइते भएका छन् । 
    राजविराज नगरपालिका १३ मुसहरनियाँ सडकखण्डमा मंगलबार राती तस्बरहरुले भन्सार छलेर चार÷पाँच वटा मोटरसाइकलमा लोड गरि ल्याउँदै गरेको सरसामान नियन्त्रणमा तथा तस्करहरुलाई ८पक्राउ गर्न खोज्दा तस्कर समूह र प्रहरीबीच झडप भएको हो । 
    मुसहरनियाँस्थित नहर सडकखण्ड हुँदै भारतबाट भन्सार छलेर तस्करहरुले विभिन्न सामाग्रि भित्राउने गरेको सूचना प्रहरीलाई प्राप्त भएपछि प्रहरीले सो क्षेत्रमा निगरानी बढाएको थियो । 
    सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र धमलाका अनुसार प्रहरीले पक्राउ गरेका सात÷आठ जना तस्करहरुलाई छुटाउन स्थानिय केही व्यक्ति समेत मिलेर प्रहरीमाथी घरेलु हतियारले आक्रमण सुरु गरेका थिए । सो क्रममा प्रहरी हवलदार कमलदेव यादव र प्रहरी जवान दिपेन्द्र साह घाइते भएका छन् । दुबैको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । 
    प्रहरीमाथी आक्रमण हुन थालेपछि जिल्ला प्रहरी कार्यालयबाट थप सुरक्षाकर्मी पठाइएको र सुरक्षाका लागि चार राउण्ड हवाई फायर गरिएपछि तस्करहरु फरार भएको प्रहरी उपरिक्षक धमलाले बताए ।  
    घटनास्थलबाट प्रहरीले तस्करहरुले प्रयोग गरेका मध्येका एक जनाको मोटरसाइकल बरामद गरेको छ । पक्राउ परेका तस्करलाई छाडिदिन जम्मा भएका स्थानियले चर्को दबाब दिएका थिए । तर प्रहरीले नमानेपछि केही स्थानिय र तस्करहरु मिलेर आक्रमण सुरु गरेको प्रहरीको भनाई छ । 
    यता प्रहरी उपरिक्षक धमलाले घटनामा संलग्न अपराधिहरुको व्यापक रुपमा खोजिकार्य भइरहेको जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ