पुराना मुद्दा साढे तीन वर्ष भित्रै शुन्यमा झार्ने अदालतको तयारी ः सर्वोच्चका न्यायाधीश कार्की

राजविराज राजविराज
|
बुधबार, मंसिर १७, २०७७
|
|
२१ पटक हेरिएको
Shares
पुराना मुद्दा साढे तीन वर्ष भित्रै शुन्यमा झार्ने अदालतको तयारी ः सर्वोच्चका न्यायाधीश कार्की

सारांश

  •     बुधबार उच्च अदालत जनकपुर राजविराज इजलाशको सभा कक्षमा न्यायपालिकामा हुन सक्ने बिकृती बिसंगति र अनियमितता तथा बिचौलियाबाट हुन सक्ने क्रियाकलाप र त्यसको रोकथामका लागि चाल्नु पर्ने उपायहरुको सम्बन्धमा बिस्ततृ अध्ययन गरि प्रतिवेदन पेश गर्न उनकै नेतृत्वमा गठित समितिले आयोजना गरेको राय सुझाव संकलन कार्यक्रममा सो जानकारी दिएका हुन् ।
  •       कार्यक्रममा सहभागि नागरिक समाज, संचारकर्मी र अधिकारकर्मीलाई सम्बोधन गर्दै उनले आगामी बि.
  • स.

दैनिक समाचारदाता
राजविराज, १७ मंसिर 
    सर्वोच्च अदालतका न्यायाधिश हरिकृष्ण कार्कीले विगतका वर्षबाट सरेर आएका पुराना मुद्दाहरु अबको साढे तीन वर्ष भित्रै शुन्यमा झारिने तयारी गरिएको जानकारी दिएका छन् । 
    बुधबार उच्च अदालत जनकपुर राजविराज इजलाशको सभा कक्षमा न्यायपालिकामा हुन सक्ने बिकृती बिसंगति र अनियमितता तथा बिचौलियाबाट हुन सक्ने क्रियाकलाप र त्यसको रोकथामका लागि चाल्नु पर्ने उपायहरुको सम्बन्धमा बिस्ततृ अध्ययन गरि प्रतिवेदन पेश गर्न उनकै नेतृत्वमा गठित समितिले आयोजना गरेको राय सुझाव संकलन कार्यक्रममा सो जानकारी दिएका हुन् । 
    कार्यक्रममा सहभागि नागरिक समाज, संचारकर्मी र अधिकारकर्मीलाई सम्बोधन गर्दै उनले आगामी बि.स. २०८० साल भित्र विगतका वर्षहरुबाट सरेर आएका सबै पुराना मुद्दालाई फच्र्छयौट गरि शुन्यमा झारिने लक्ष्यका साथ काम अघि बढेको र समयमै लक्ष्य प्राप्त गर्ने बताए । 
    पुराना मुद्दाहरुलाई सरल, जटिल र अतिजटिल गरि तीन किसिमले वर्गिकरण गरि अबको तीन वर्ष भित्र न्याय सम्पादन र फच्र्छयौट गर्ने लक्ष्यका साथ तिब्र गतिमा काम अघि बढिसकेको छ उनको भनाई छ ।
    उनले सकभर पेशीमा चढेर छलफलमा गएका मुद्दाबारे समाचार सम्प्रेशन नगरिदिन अनुरोध गर्दै भने, “यसरी समाचार मिडियामा आउँदा स्वतन्त्र निर्णयमा समेत असर गर्छ ।” 
    कार्यक्रममा न्याय परिषद्का सदस्य लक्ष्मी बहादुर निराला खडका, नायब महान्यायधिवक्ता नारायण प्रसाद पौडेल, नेपाल बार एशोसिएशनका अध्यक्ष चन्देश्वर श्रेष्ठ, सर्वोच्च अदालतका सहरजिष्टार नेत्र प्रसाद आचार्यलगायतले पनि बोल्दै न्याय सम्पादनका बेला न्यायाधीशलाई कतैबाट प्रभाव पार्नु नहुने जिकिरका साथ छिटो, छरितो र विश्वसनिय न्याय सम्पादनका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नु पर्नेमा जोड दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
ट्राफिक प्रहरी जवान संजय मण्डलको दादागिरीले स्थानिय त्रसित
ट्राफिक प्रहरी जवान संजय मण्डलको दादागिरीले स्थानिय त्रसित
करदाता सेवा कार्यालय खारेजको बिरोधमा २२ गतेदेखि २७ गतेसम्म हस्ताक्षर संकलन गरिने
करदाता सेवा कार्यालय खारेजको बिरोधमा २२ गतेदेखि २७ गतेसम्म हस्ताक्षर संकलन गरिने
हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
महायज्ञको पूर्व सन्ध्यामा कलश यात्रा
महायज्ञको पूर्व सन्ध्यामा कलश यात्रा
सप्तरी काँग्रेसद्वारा पार्टीको विधान विपरीत कुनै क्रियाकलाप नगर्न अनुरोध 
सप्तरी काँग्रेसद्वारा पार्टीको विधान विपरीत कुनै क्रियाकलाप नगर्न अनुरोध 
समाजसेवी एवं शान्तिकामी सिंहको सम्झना
समाजसेवी एवं शान्तिकामी सिंहको सम्झना
संसद विघटन बिरुद्ध सप्तरी काँग्रेस सडकमा
संसद विघटन बिरुद्ध सप्तरी काँग्रेस सडकमा
विरामीसँग मैत्रिपुर्ण व्यवहार तथा विरामीलाई आवश्यक परेका चिकित्सक मिलाउन निर्देशन
विरामीसँग मैत्रिपुर्ण व्यवहार तथा विरामीलाई आवश्यक परेका चिकित्सक मिलाउन निर्देशन
प्रदेश सरकारले अग्निपीडितका लागि  आवास बनाइदिने ः मुख्यमन्त्री यादव
प्रदेश सरकारले अग्निपीडितका लागि  आवास बनाइदिने ः मुख्यमन्त्री यादव

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह