दैनिक समाचारदाता
राजविराज, ७ पुस ।
विगत एक सातादेखी सुरु भएको अत्याधिक चिसोका कारण सप्तरीका अतिविपन्न परिवार कोरोना कहरकाबीच सितलहरका कारण पनि थप जोखिममा परेका छन् । यता जिल्लाको सहरी तथा ग्रामिण क्षेत्रका बासिन्दाको जनजिवन कष्टकर बनन्दै गएको छ ।
अतिविपन्न परिवार अत्याधिक चिसो र सितलहरबाट जोगिन न्यानो कपडा र कम्बलको अभावमा कष्टकर जिवन बिताउनु परेको छ ।
सप्तरीको शम्भुनाथ नगरपालिका २ कनकपटी दलित बस्तीकी समतोलिया देवी रामले अत्याधिक चिसोका कारण न्यानो लुगा र कम्बलको अभाव भएको बताउछिन् ।
बिहानैदेखी चल्ने सितलहर र हुस्सुका कारण घरबाट कमै मानिस बाहिर निस्कने गरेका छन् । चिसोले बालबालिका र बृद्धबृद्धा बढी प्रभावित देखिएका छन् । चिसोका कारण स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा निमोनिया, कोल्ड डायरिया, दम, रुघाखोकी लगायतका बिरामीहरुको चाप बढेको अस्पताल प्रशासनले जनाएको छ । चिसोका कारण हुने रोगका बिरामीहरु दैनिक १० देखी १५ जनासम्म उपचारका लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।
यता अत्याधिक चिसोका कारण कार्यालयहरुमा सेवाग्राही तथा लामो समयपश्चात् खुलेका विद्यालयहरुमा विद्यार्थीको उपस्थिति पनि पातलिएको छ ।
चौक र घरमा आगो र हिटर बालेर न्यानोमा बस्ने बढेका छन् । बाक्लो हुस्सुका कारण दिउँसो बत्ति बालेर सवारीसाधन सडकमा ओहोर दोहोर गरेको देखिन्छ ।
कोरोना कहरबीच शितलहरले अतिविपन्न परिवार थप जोखिममा
सारांश
- अतिविपन्न परिवार अत्याधिक चिसो र सितलहरबाट जोगिन न्यानो कपडा र कम्बलको अभावमा कष्टकर जिवन बिताउनु परेको छ ।
- सप्तरीको शम्भुनाथ नगरपालिका २ कनकपटी दलित बस्तीकी समतोलिया देवी रामले अत्याधिक चिसोका कारण न्यानो लुगा र कम्बलको अभाव भएको बताउछिन् ।
- बिहानैदेखी चल्ने सितलहर र हुस्सुका कारण घरबाट कमै मानिस बाहिर निस्कने गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया