छोराछोरीको पढाई खर्च जुटाउन तरकारी खेती

राजविराज राजविराज
|
मंगलबार, माघ १३, २०७७
|
|
३३ पटक हेरिएको
Shares
छोराछोरीको पढाई खर्च जुटाउन तरकारी खेती

सारांश

  •     उनीहरु आफनो छोरा÷छोरीको पढाई खर्च जुटाउन र परिवार धाउनको लागि समेत जिल्लाको दक्षिणीे भेगका तिलाठी कोइलाडी अन्तरगत मंसापुर, बरसाइन र कोइलाडीको कोशी पलारमा समुहिक तरकारी खेती गरेर आत्मनिर्भर बनिरहेको देखिएको छ ।
  •     जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं.
  • ७ मंसापुरमा कमलेश्वरी कृषक समुहमा आवद्ध २१ जना सदस्यहरु मिलेर तरकारी खेती गरेका छन  ।

अरुणकुमार यादव
राजविराज, १३ माघ । 
    सेभ द  सप्तरीको सहयोगमा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाको बिभिन्न ठाउँमा जिबीकोपार्जन गर्नका लगि कृषक समुहले लगाएको तरकारी खेतीबाट महिलाहरु आत्मनिर्भर बन्दै छन  । 
    उनीहरु आफनो छोरा÷छोरीको पढाई खर्च जुटाउन र परिवार धाउनको लागि समेत जिल्लाको दक्षिणीे भेगका तिलाठी कोइलाडी अन्तरगत मंसापुर, बरसाइन र कोइलाडीको कोशी पलारमा समुहिक तरकारी खेती गरेर आत्मनिर्भर बनिरहेको देखिएको छ ।
    जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ७ मंसापुरमा कमलेश्वरी कृषक समुहमा आवद्ध २१ जना सदस्यहरु मिलेर तरकारी खेती गरेका छन  । 
    समुहकी अध्यक्ष प्रमिलादेवी साह,सदस्य माया देवी मण्डल सहितकाले करिब पाँच बिगाहमा बन्धाकाउली, गोलभेडा, रायसाग, मुला, फर्सी जस्ता हरियो साग सब्जी उवजाएर उनीहरु आत्मनिर्भर बनिरहेको सेभ द सप्तरीका कृषि प्राबिधिक रामकुमार साहले जानकारी दिनुभयो । 
    ति तरकारी बालिबाट आम्दानी भएको पैसा सदुपयोग गरि स्थानिय शंकर बोडिङ स्कुलमा आफना छोरा÷छोरीलाई पढाई रहेको कमलेश्वरी कृषक समुहकी सदस्य माया देवी मण्डलले बताउनुभयो ।
     हाम्रो श्रीमान बाहिर कमाउन जादा समयको सदुपयोग गरि सेभ द सप्तरीको आर्थिक सहयोगमा आफनो परिवार चलाउनको लागि यहाँ तरकारी खेती गरेर परिवारलाई सहयोग प¥याउनुको साथै छोरा÷छोरीलाई उच्चशिक्षा सम्म पढाउने लक्षय रहेको उहाँले बताउनुभयो ।
    सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सेभ द सप्तरीबाट सहयोग प्राप्त जग्गा धनीबाट लिजमा जग्गा लिएर बिउिबिजन, खाद्य, मल र किसानलाई चाहिने पम्पी सेट समेत उपल्बध गराइदिएपछि  उनीहरु दलित समुदायिका परिवार सक्षम भएर आफने खेतीबारीमा काम गरेर राम्रो आम्दानी गर्न सफल भएको सेभ द सप्तरीका कृषि प्राबिधिक साहको भनाई छ । 
    त्यस्तै जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ बरसाइमा समेत तरकारी खेती लगाएर दलित महिलाहरु आत्मनिर्भर बनेका छन ।
    बजरङबली कृषक समुहद्धारा संचालित तरकारी खेतिमा सेभ द सप्तरीले जग्गा लिजमा लिएर गरिब अतिबिपन्न परिवारलाई आत्मनिर्भर गरउने उद्देश्यले खाद्य, बिउबिजन र सिँचाई सम्मको सुबिधा दिएर किसानहरुलाई सहयोग प्रदान गरिदै आएको छ ।
    त्यहाँ कृषक समूहका अध्यक्ष पानोदेवी रजक सहित सदस्य अनिता राय, जिबछिदेवी, अमिरकादेवी रजक, शान्तिदेवी राय आलमदेवी रजकले करिब ४ बिगहामा सामुहिक तरकारी खेति गरेर उनीहरु आत्मनिर्भर बनेका छन ।
    उनीहरु आफनो घरको कामकाज सकेर आफना छोरा÷छोरीको भबिष्य बनाउन पढाई खर्च जुटाउनका लागि तरकारी खेतिमा लागेको स्थानिय घनश्याम साहले बताउनुभयो । 
    यस समुहलमा लागेकाहरु आप्mनो छोरा÷छोरीलाई पढाउने उदेश्यसहित परिवारमा खर्च बच्चत समेत गर्ने गरेको  स्थानियबासी साहको भनाइृ छ । 
    यस्तै तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ४ कोइलाडीको कोशी पलारमा समेत स्थानिय कृषकहरुले तरकारी खेति गरेका छन । दिनारामभद्री कृषक समुहका अध्यक्ष देवरेनदेवी मुखियासहित १९ जना सदस्य मिलेर त्यहाँ तरकारी खेति गरिएको सेभ द सप्तरीका समुदायिक परिचालक मुनेश्वर मुखियाले जानकारी दिनुभयो ।   
    समुन्नती कार्यक्रम अन्र्तगत सेभ द चिल्ड्रेनको सहयोगमा सेभ द सप्तरीले बिभिन्न कृषक समुहलाई अनुदान दिएर सहयोग गरेको  तरकारीबालीको स्थलगत अनुगमन समेत गरिएको छ ।
    सो क्रममा एक टोलीले तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. ४ कोइलाडीस्थित कोशी पलारमा दिनारामभद्री कृषक समूहले लगाएको तरकारीबालीको अनुगमन गरिएको छ ।
    हाल दिनारामभद्री कृषक समुहले आफनै पहलमा तरकारी खेती बढाएर ५ बिगाहासम्म पु¥याएका छन ।
    समुन्नती कार्यक्रमको जिविकोपार्जन मार्फत सेभ द सप्तरीले यस कृषक समुहलाई बिगत बर्षदेखि नै क्षमता अभिबृदि लगायतका तालिम र बिउ, बिजन, मलखाद र सिचाईका सामग्रीहरु लगायत कृषि सम्बन्धि बिभिन्न समानहरु प्रदान गरि सहयोग गर्दै आएको छ ।
    सो क्रममा दलित महिलहरु तरकारी खेतिबाट आत्मनिर्भर,आफनो खेतबारीमा हरियो सागसबजी लगाएर स्थानियस्थरमा रहेका बजार सम्म तरकारी पु¥याउने गरिएको पाइएको छ । 
    सेभ द चिल्ड्रेन र सेभ द सप्तरीको सहकार्यमा संचालित समुन्नती कार्यक्रम जिविकोपार्जन अन्र्तगत सिमान्तकृत वर्गका अधिकाश दलितहरुलाई लक्षित गरि यहाँका सदा (मुसहर) र मलाहा (मुखिया) समुदायहरुका तरकारीबाली लगाइएको देखिएको छ ।
    उक्त ठाउँमा तरकारीबालीमा बिशेष गरि फुल कोभी, बन्दाकोभी, भान्टा, खुर्सानी, टमाटर, आलु, मुला, रायो साग, लहरे तरकारी अन्र्तगतका वालीहरुरु फर्सी, लौका, करेला, वोडी, काक्रो लगायतका तरकारीहरु उत्पादन गरिदै अइरहेको समेत पाइएको तिलाठी कोइलाडी गाउँपालिकाका कृषि संयोजक उदयकान्त झाले बताउनुभयो ।
    कृषि संयोजक उदयकान्त झा, सेभ द सप्तरीका कृषि प्राबिधिक रामकुमार साह, सेभ द सप्तरीका समुदायिक परिचालक बिनिता यादव र मुनेश्वर मुखिया र राससका प्रतिनिधि अरुणकुमार यादवसहितकाले सो अनुगमन गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१२ वर्षिया प्रतिक्षा हराइरहेको बेला अचानक फेसबुकमा तस्बिर सार्वजनिक भएपछी परिवारजन चकित 
१२ वर्षिया प्रतिक्षा हराइरहेको बेला अचानक फेसबुकमा तस्बिर सार्वजनिक भएपछी परिवारजन चकित 
बाढी पीडितलाई हेल्प मधेशी नेपालद्वारा राहत बितरण 
बाढी पीडितलाई हेल्प मधेशी नेपालद्वारा राहत बितरण 
चोरी मुद्दामा कैद र जरिवाना फैसला भई फरार अभियुक्त पक्राउ
चोरी मुद्दामा कैद र जरिवाना फैसला भई फरार अभियुक्त पक्राउ
प्रगतिशील लेखक संघको अध्यक्षमा पार्वती राउत
प्रगतिशील लेखक संघको अध्यक्षमा पार्वती राउत
मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
जेष्ठ नागरिकप्रति विभेद गर्नेलाई सामाजिक बहिष्कार गर्नमा जोड 
जेष्ठ नागरिकप्रति विभेद गर्नेलाई सामाजिक बहिष्कार गर्नमा जोड 
गजेन्द्र नारायण सिंह अस्पतालमा सिटी स्क्यान जडान
गजेन्द्र नारायण सिंह अस्पतालमा सिटी स्क्यान जडान
दुर्लभ रगत दान गरि भीमदल गणका  जवानले जोगाए गर्भवती महिलाको ज्यान 
दुर्लभ रगत दान गरि भीमदल गणका  जवानले जोगाए गर्भवती महिलाको ज्यान 
एकै दिन दुई हजार ४ सय भन्दा बढीले म्यादी प्रहरीका लागि आवदेन फारम लिए
एकै दिन दुई हजार ४ सय भन्दा बढीले म्यादी प्रहरीका लागि आवदेन फारम लिए
सप्तरीमा दलहरुद्वारा उम्मेदवारी दर्ता, राजविराजको मेयरका लागि दर्जन भन्दा बढीको उम्मेदवारी
सप्तरीमा दलहरुद्वारा उम्मेदवारी दर्ता, राजविराजको मेयरका लागि दर्जन भन्दा बढीको उम्मेदवारी