दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिदा लिदै मालपोत कार्यालयका निमित्त कार्यालय प्रमुख सर्वेक्षक हरिचन्द्र ठाकुर र लेखापढी व्यवसायी अरुण कुमार यादव पक्राउ गरेको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिकास्थित मालपोत कार्यालयका निमित्त प्रमुख ठाकुर र लेखापढी व्यवसायी अरुण कुमार यादवलाई १५ हजार घुसका रकमसहित अख्तियार दूरुपयोग अनुसन्धान आयोग ईटहरीबाट खटिएको टोलीले पक्राउ गरेको जनाएको छ ।
प्रमुख ठाकुर र लेखापढी व्यवसायी यादवले सेवाग्राहीसँग जग्गाको नक्सा मिलाई दिन्छु भन्दै सो रकम लिएको आयोगले जनाएको छ । हनुमाननगर कंकालीनि नगरपालिका ३ निवासी सेवाग्रही शम्भु खिरहरी यादवसँग जग्गाको नक्सा बनाइदिने नाममा घुस वापत सो रकम लिएको खुलेको छ ।
पक्राउ परेका ठाकुर र यादवलाई शुक्रबारै थप अनुसन्धानका लागि अख्तियार दूरुपयोग अनुसन्धान आयोग ईटहरी लगिएको श्रोतले जनाएको छ ।
मालपोतका निमित्त प्रमुख र लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ
सारांश
- सप्तरीको कञ्चनरुप नगरपालिकास्थित मालपोत कार्यालयका निमित्त प्रमुख ठाकुर र लेखापढी व्यवसायी अरुण कुमार यादवलाई १५ हजार घुसका रकमसहित अख्तियार दूरुपयोग अनुसन्धान आयोग ईटहरीबाट खटिएको टोलीले पक्राउ गरेको जनाएको छ ।
- प्रमुख ठाकुर र लेखापढी व्यवसायी यादवले सेवाग्राहीसँग जग्गाको नक्सा मिलाई दिन्छु भन्दै सो रकम लिएको आयोगले जनाएको छ ।
- हनुमाननगर कंकालीनि नगरपालिका ३ निवासी सेवाग्रही शम्भु खिरहरी यादवसँग जग्गाको नक्सा बनाइदिने नाममा घुस वापत सो रकम लिएको खुलेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया