पाँच सय ५ फरार अपराधी पक्राउ, २ सय ५५ सवारीसाधन नियन्त्रणमा

राजविराज राजविराज
|
शनिबार, फाल्गुन ८, २०७७
|
|
१९ पटक हेरिएको
Shares
पाँच सय ५ फरार अपराधी पक्राउ, २ सय ५५ सवारीसाधन नियन्त्रणमा

सारांश

  •     पक्राउ परेका फरार प्रतिवादीबाट ६५ वर्ष ६ महिना २२ दिन कैद बक्यौता तथा जरिवानाको वक्यौता १२ लाख ७७ हजार ७ सय २६ रुँपैया  असुली भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले जानकारी दिँदै पक्राउ परेका सबैलाई अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको बताए ।
  •       यस्तै यस अवधीमा भन्सार छलि भित्राइएका ८८ थान मोटरसाइकल, ८ थान अटोरिक्सा, ५ थान ट्याक्टर, ३ थान पिकअप तथा २ थान टेम्पो नियन्त्रणमा लिई कारवाही प्रक्रियाका लागि भन्सार बुझाइएको डिएसपी साहले बताए ।
  • सवारीसाधनको २ करोड ३४ लाख १७ हजार ५ सय ७२ रुँपैया अनुमानित मुल्याङ्कन गरिएको उनको भनाई छ ।

    राजविराज/चालु आर्थिक बर्षको साउनदेखी माघ मसान्तसम्मको अवधीमा विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएर फरार ५ सय ५ जना अपराधीलाई सप्तरी प्रहरीले पक्राउ गर्न सफल भएको छ । 
    पछिल्लो पटक शुक्रबार विगत पाँच महिनादेखी जवरजस्तीकरणीका फरार अभियुक्त सप्तरीको सुरुङ्गा नगरपालिका ५ बस्ने २० वर्षिय मो. सहादतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
    जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पक्राउ पर्ने फरार प्रतिवादीहरुमा कुटपिट मुद्दाका सर्वाधिक छन् भने सवारी ज्यान, कर्तव्य ज्यान, गाली बेइजती, ठगि, जबरजस्तीकरणी, लेनदेन लगायत मुद्दाका फरार प्रतिवादी पनि पक्राउ परेको सो तथ्याङ्कमा उल्लेख छ ।
    पक्राउ परेका फरार प्रतिवादीबाट ६५ वर्ष ६ महिना २२ दिन कैद बक्यौता तथा जरिवानाको वक्यौता १२ लाख ७७ हजार ७ सय २६ रुँपैया  असुली भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले जानकारी दिँदै पक्राउ परेका सबैलाई अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको बताए । 
    यस्तै यस अवधीमा भन्सार छलि भित्राइएका ८८ थान मोटरसाइकल, ८ थान अटोरिक्सा, ५ थान ट्याक्टर, ३ थान पिकअप तथा २ थान टेम्पो नियन्त्रणमा लिई कारवाही प्रक्रियाका लागि भन्सार बुझाइएको डिएसपी साहले बताए । सवारीसाधनको २ करोड ३४ लाख १७ हजार ५ सय ७२ रुँपैया अनुमानित मुल्याङ्कन गरिएको उनको भनाई छ । 
    यस अवधीमा जिल्लामा विभिन्न अपराधका ४ सय ३७ मुद्दा दर्ता भएका छन् । जुन गत आ.ब.को तुलनामा कम रहेको तथ्याङ्कले देखाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजाज युथ र छिन्नमस्ता बरहीबिरपुर सेमिफाईनलमा प्रवेश
बजाज युथ र छिन्नमस्ता बरहीबिरपुर सेमिफाईनलमा प्रवेश
क्वारेन्टाइन केन्द्र बाहेकका  विद्यालयले पाठ्यपुस्तक बितरण गर्दै
क्वारेन्टाइन केन्द्र बाहेकका  विद्यालयले पाठ्यपुस्तक बितरण गर्दै
गर्भवति तथा सुत्केरी महिलालाई सर्वाेत्तम पिठो वितरण
गर्भवति तथा सुत्केरी महिलालाई सर्वाेत्तम पिठो वितरण
समाजवादी पार्टीकी महिला नेतृ साह पक्राउ
सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
जनप्रतिनिधीबाट कुटिए महिला 
जनप्रतिनिधीबाट कुटिए महिला 
भारततर्फ तस्करीका लागि लैजादै गरेको भन्दै ४  लाख बढीको मदिरासहित चालक र सवारी नियन्त्रणमा
भारततर्फ तस्करीका लागि लैजादै गरेको भन्दै ४  लाख बढीको मदिरासहित चालक र सवारी नियन्त्रणमा
प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
मधेश प्रदेशबाट जाने राजश्वको  कम्तिमा ३५ प्रतिशत बजेट मधेशले  पाउनुपर्छ ः लोसपा अध्यक्ष ठाकुर 
मधेश प्रदेशबाट जाने राजश्वको  कम्तिमा ३५ प्रतिशत बजेट मधेशले  पाउनुपर्छ ः लोसपा अध्यक्ष ठाकुर 
प्रहरी दिवसमा बृक्षारोपन तथा धार्मिक स्थलको सरसफाई
प्रहरी दिवसमा बृक्षारोपन तथा धार्मिक स्थलको सरसफाई