सात महिनाको अवधीमा सप्तरीमा ४ सय ८३ सवारी दुर्घटनामा ४८ को मृत्यु

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन ११, २०७७
|
|
२३ पटक हेरिएको
Shares
सात महिनाको अवधीमा सप्तरीमा ४ सय ८३ सवारी दुर्घटनामा ४८ को मृत्यु

सारांश

  •     बढ्दै गएको सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा चालक र सवारीधनी समेतको उपस्थितिमा आयोजना गरिएको सचेतना कार्यक्रममा सो जानकारी दिइएको हो ।
  •       दुर्घटना न्युनिकरण गर्न तथा यात्रुलाई सुरक्षित यात्राको अनुभुति गराउन आयोजित सचेतना कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता भुवनेश्वर प्रसाद साहले प्रदेश २ को ८ वटै जिल्ला मध्ये सप्तरीमा बढी सवारी दुर्घटना भएको जानकारी दिए ।
  •       उनले सवारी चालकहरुको लापरवाहीका कारणले बढी दुर्घटना हुने गरेको जानकारी दिदै सात महिनाको अवधीमा सवारी दुर्घटनामा परि ६ सय २४ सवारीसाधनमा क्षति तथा ६ सय ३० जना घाइते समेत भएको जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, ११ फागुन । 
    चालु आर्थिक वर्षको सात महिनाको अवधीमा सप्तरी जिल्लामा ४ सय ८३ सवारी दुर्घटना हुँदा ४८ जनाको मृत्यु भएको छ । 
    बढ्दै गएको सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा चालक र सवारीधनी समेतको उपस्थितिमा आयोजना गरिएको सचेतना कार्यक्रममा सो जानकारी दिइएको हो । 
    दुर्घटना न्युनिकरण गर्न तथा यात्रुलाई सुरक्षित यात्राको अनुभुति गराउन आयोजित सचेतना कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता भुवनेश्वर प्रसाद साहले प्रदेश २ को ८ वटै जिल्ला मध्ये सप्तरीमा बढी सवारी दुर्घटना भएको जानकारी दिए । 
    उनले सवारी चालकहरुको लापरवाहीका कारणले बढी दुर्घटना हुने गरेको जानकारी दिदै सात महिनाको अवधीमा सवारी दुर्घटनामा परि ६ सय २४ सवारीसाधनमा क्षति तथा ६ सय ३० जना घाइते समेत भएको जानकारी दिए । 

    सोही अवधीमा सवारी ऐन नियम विपरीत काम गर्ने चालक र सवारीधनीबाट जरिवाना बापत ७३ लाख २१ हजार रुँपैया राजश्व संकलन समेत गरिएको उनले बताए ।     सोमबार र मंगलबार दुई दिनमा गरि सवारी दर्ता किताब, नम्बर प्लेट, सवारी चालक अनुमती पत्र, सवारीको बिमा, आवश्यक कागजपत्रहरु नपाईएका ३५ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको जनाउँदै नियन्त्रणमा लिइएका ट्याक्टर र चालकलाई ५ सयदेखी २ हजारसम्म जरिवाना समेत गराइएको उनले बताए । 

    कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय शम्भुनाथका प्रहरी निरिक्षक यमलाल बन्जाडेले सम्पुर्ण सवारी चालक र धनीहरूले कागज पत्रहरू बोकी मात्र सवारी चलाउन अनुरोध गरे । उनले दुर्घटना न्युनिकरणमा सवारी चालकहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै ट्राफिक ऐन नियमबारे प्रशिक्षण तथा सोको पालना गर्न आवश्यक जानकारी दिए । कार्यक्रममा चार दर्जन भन्दा बढी चालक, सहचालकका साथै सवारीधनीहरु पनि सहभागि थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह