दैनिक समाचारदाता
राजविराज, ५ चैत ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ५ बनरझुल्ला टोलमा बुधबार राती ग्यास सिलिण्डर पड्किएर आगलागि भएको छ ।
आगो निभाउने क्रममा एक जना घाइते भएका छन् । सो आगलागिबाट चार घर नष्ट हुनुका साथै २५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
राती १० बजेतिर सो वडास्थित हरिकिसुन खंगको भान्सा कोठामा रहेको ग्यास सिलिण्डर पड्किएपछि लागेको आगो फैलिएर खंगका साथै छिमेकी रामचन्द्र खंग, नकछेदी खंग लगायतका चार घर जलेर पूर्ण रुपमा नष्ट भएको गाउँपालिकाका अध्यक्ष सतिश सिंहले जानकारी दिएका छन् ।
यता आगो निभाउने क्रममा हरिकिसुन खंग घाइते भएका छन् । उनको तत्कालै उद्धार गरि उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गराइएको गाउँपालिकाको विपद् व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिए ।
राजविराज र हनुमानगर कंकालिनी नगरपालिकाको बारुणयन्त्र, प्रहरी र स्थानियवासीको मद्दतले २ घण्टाको प्रयास पश्चात् आगोमाथी नियन्त्रण कायम गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ग्यास सिलिण्डर पड्किएर आगलागि, एक घाइते
सारांश
- आगो निभाउने क्रममा एक जना घाइते भएका छन् ।
- सो आगलागिबाट चार घर नष्ट हुनुका साथै २५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
- राती १० बजेतिर सो वडास्थित हरिकिसुन खंगको भान्सा कोठामा रहेको ग्यास सिलिण्डर पड्किएपछि लागेको आगो फैलिएर खंगका साथै छिमेकी रामचन्द्र खंग, नकछेदी खंग लगायतका चार घर जलेर पूर्ण रुपमा नष्ट भएको गाउँपालिकाका अध्यक्ष सतिश सिंहले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया