पाराभेटेरिनरी लाईफस्टक एशोसिएशनको  अध्यक्षमा पाण्डे निर्विरोध चयन

राजविराज राजविराज
|
बुधबार, बैशाख १, २०७८
|
|
२७ पटक हेरिएको
Shares
पाराभेटेरिनरी लाईफस्टक एशोसिएशनको  अध्यक्षमा पाण्डे निर्विरोध चयन

सारांश

  •     गत सोमवार सम्पन्न अधिवेशनको बन्द सत्रवाट मेहताको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतिबाट चयन गरिएको हो ।
  •     गठित समितिको उपाध्यक्षमा यशोधर यादब, सचिवमा शिव नारायण बिराजी, सहसचिव धनजित कुमार खडगा र कोषाध्यक्ष संतोष कुमार चौधरी रहेका छन् ।
  •     यसैगरी सदस्यहरूमा गौतम कुमार चौधरी, प्रमान्नद यादब, प्रमोद साह, श्याम यादब, बिजय कुमार यादब, डिल्लु खडगा र मोहम्मद अनासुरूल चयन गरिएको प्रदेश संयोजक प्रमेश्वर यादबले जानकारी दिएका छन ।

दैनिक समाचारदाता
राजविराज, १ बैशाख ।
    नेपाल पाराभेटेरिनरी एण्ड लाईफस्टक एशोसिएशनको १० औ जिल्ला अधिवेशनबाट पाण्डे कुमार मेहताको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन गरिएको छ ।
    गत सोमवार सम्पन्न अधिवेशनको बन्द सत्रवाट मेहताको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतिबाट चयन गरिएको हो ।
    गठित समितिको उपाध्यक्षमा यशोधर यादब, सचिवमा शिव नारायण बिराजी, सहसचिव धनजित कुमार खडगा र कोषाध्यक्ष संतोष कुमार चौधरी रहेका छन् ।
    यसैगरी सदस्यहरूमा गौतम कुमार चौधरी, प्रमान्नद यादब, प्रमोद साह, श्याम यादब, बिजय कुमार यादब, डिल्लु खडगा र मोहम्मद अनासुरूल चयन गरिएको प्रदेश संयोजक प्रमेश्वर यादबले जानकारी दिएका छन ।
    नव निर्वाचित पाण्डे कुमार मेहताले भने किसान सुरक्षित भए भने पेशा सुरक्षित हुने भएकोले किसानको समस्यालाई पहिलो प्राथमिकता राखेर पशु धनको सुरक्षित गर्नु पर्ने बताए ।
    उनले किसानलाई सहुलियत दरमा श्रृण उपलब्ध, कृषी, पशुको बिमा, एक गाउँ एक प्राबिधिक, सरकारी अनुदान तथा सरकारी संयन्त्रण किसानको पहुच बढाई किसानको पेशालाई सुरक्षित बनाउने उद्देश्य रहेको बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?